दमौली/जापानमा अध्ययनरत विद्यार्थीहरुको सहयोगमा सत्यवतीका ८ जना छात्राहरुलाई स्टेशनरी सामग्री प्रदान गरिएको सत्यवती माध्यामिक विद्यालयले जनाएको छ । विद्यालयका कर्मचारी हरि कोइरालाले दिनुभएको जानकारी अनुसार जापानमा अध्ययनरत विद्यार्थीहरु शुसिल पराजुली र विजय सुवेदीले सो सहयोग गर्नुभएको थियो । गरिब तथा जेहेन्दारलाई आधार बनाई आठ जना छात्राहरु छनौट गरिएको विद्यालयले जनाएको छ । विद्यालय एवं व्यास–२ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका संयोजक काशीराम श्रेष्ठ, विद्यालयका प्रअ इन्द्रप्रसाद पौडेल, बालिका शिक्षा कार्यक्रमका सामाजिक परिचालकहरु लक्ष्मी नेपाल, सिर्जना पराजुली, संगिता पोख्रेल, अप्सरा घर्ती लगाएतको रोहबरमा सो शैक्षिक सामग्री वितरण गरिएको थियो । रुम टु रिड अन्तर्गतको बालिका शिक्षा कार्यक्रमका सामाजिक परिचालक सिर्जना पराजुलीको समन्वयमा सो सहयोग जुटेको थियो ।