सम्जुर/जनसहयोगी मावि भानु–१३ सम्जुरको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सोमबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रामबहादुर गरुङ्गले सरोकारवालाहरुको सार्थक अन्तरक्रियाले शिक्षाको गुणस्तर बढ्ने बताए ।
कार्यक्रमका विशिष्ट अतिथी वडा नं १३ का वडाध्यक्ष रामबहादुर बानिया र सोही वडाका नेपाली कांग्रेसका सभापति रफिक मियाँ तथा सगरमाथा इन्सुरेन्सका कार्यकारी प्रमुख अधिकृत चंकी क्षेत्री, जज्गा दाता पूर्णबहादुर बानिया, पूर्व श्रोत व्यक्ति नारायणदत्त पौडेल, पूर्व प्रअहरु बाबुराम खनाल र राजु ढकाल, विव्यस पूर्व अध्यक्ष अब्दुलरहिम मिया, महिला सञ्जाल अध्यक्ष सिता पौडेल, सल्लाहकार संयोजक फजिरमहोमद शेख र अभिभावक सुकबहादुर परियार, छात्रा अप्सना मियाले उक्त अवसरका शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ठूलो राशीको अक्षय कोष पूणसीता गरदी अक्षयकोषबाट सम्मान पूर्व सेक्रेटरी तिलकबहादुर बानिया र पूर्व प्रअ राजु ढकाललाई दोसल्ला सहित सम्मान गरियो । विद्यालयका १० छात्र छात्रालाई जनहि पाँच सयका दरले अक्षयकोषबाट नगद पुरस्कार वितरण गरिएको सो कार्यक्रममा हर्कबहादुर कुँवरको स्मृतिमा पत्नी मनबुजा कुँवरले २०७५ को एसइइ परीक्षाका बढी अंक ल्याउने हनिफ मियाँलाई रु ११ हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।
सोही अवसरमा अन्तर विद्यालय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता समेत आयोजना गरिएको र संस्कृति सदन मावि सुन्दरबजार प्रथम भई १० हजार नगद पुरस्कार प्राप्त ग–यो । उक्त पुरस्कार विव्यस सल्लाहकार विष्णुलाला श्रेष्ठले प्रायोजन गरेका थिए । आयोजक जनसहयोगी मावि द्वितीय भएर नगद रु सात हजार प्राप्त ग¥यो भने पुरस्कारको प्रायोजना वडाध्यक्ष रामबहादुर बानियाले पाँच हजार तथा विव्यस अध्यक्ष मौलादिन शेखले दुइहजार गरेका थिए । उक्त अवसरमा विभिन्न अक्षय कोषबाट विद्यालयका आर्थिक रुपले कमजोर छात्र छात्राहरुलाई पुरस्कृत गरिएको थियो ।
विव्यस अध्यक्ष मौलादिन शेखको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकृष्ण पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने स्वागत विव्यस सदस्य मानबहादुर थापाले गरेका थिए । छात्र छात्राहरुले विभिन्न सांस्कृतिक कला प्रर्दशन गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक संगम आचार्यले गरेका थिए ।