Tanahun Awaj
समाचार

क्यान्सर पिडित आर्थिक सहयोग जुट्दै

फोटो विवि श्रेष्ठ

पतेनीटार/पाठेघरको क्यान्सर पिडितलाई उपचारको लागी सहयोग पु¥याउन सहयोग जुटाउने काम शुरु भएको छ । विशेष गरी विभिन्न संघ संस्थाको पहलमा सहयोग जुटाउन शुरु भएको हो । म्याग्दे गाँउपालिका वडा नं ५, हाल व्यास ५, पतेनीटारमा वस्ने वर्ष ३८ को सम्झनाको पाठेघरमा क्यान्सर देखिएपछि उपचारका लागी परिवारको आर्थिक अवस्था कमजोर भै नसक्ने भएपछि सम्झनाको पतिको आग्रहमा सहयोग जुटाउन थालिएको हो । विरामीको विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको छ ।
सम्झनाका उपचारका लागी देश विदेश तथा विभिन्न संघसंस्थावाट सहयोग जुट्न शुरु भएको छ ।
अहिलेसम्म मलेशिलामा रहनुहुने महेन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ र तुल वहादुर गरंन्जाको नेतृत्वमा ४० हजार आर्थिक सहयोग जुटेको छ विरामीका पति चन्द्रकुमार श्रेष्ठले बताउनु भयो । संघसंस्थाहरुमा श्री दभुङ्ग चण्डीदेवी गुठी संस्थावाट ३३ हजार , मानुङ्ग गुठीवाट २० हजार छ सय ५५, पतेनीटार नेवा समाजवाट छ हजार पाँच सय र पतेनीटार टोल विकास संस्थावाट ४१ हजार रुपैया संकलन भएको छ । उठेको आर्थिक सहयोग पिडित सम्झनालाई हस्तान्तरण गरिएको छ । यसैगरि सम्झनाको उपचारका लागी मिलनगुठीवाट ३२ हजार, पाङलादी आमा समुह व्यास ५ वाट पाँच हजार र उदय माध्यामिक विद्यालयवाट १० हजार सत सय रुपैया आर्थिक सहयोग यसअघि नै जुटिसकेको छ ।

Related posts

बन्दिपुरमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम

admin

स्व.रो.सचिन स्मृति दौड प्रतियोगिताको उपाधि गुरुङलाइ

admin

अस्पताल अगाडी फोहोरको थुप्रो

admin