Tanahun Awaj
समाचार

आफ्नो उपचार खर्च आफै बेहोर्ने राष्ट्रपतिको चाहाना

दमौली/राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै व्यहोर्न चाहेको कुरा राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
मंगलबार राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले एक विज्ञप्ती जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराएको तर स्वास्थ्यमा सुधार हुन नसकेपछि चिकित्सकको सल्लाहमा भारको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उचार भएको उल्ल्ेख गर्दै उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वयम्ले बेहोर्न चाहेको उल्लेख गरेका छन् ।
पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल जहाज चार्टर गरेर सपरिवार उपचारका लागि भारत गएका थिए । पौडेल भारत गएसंगै नेपालमा सपरिवार राज्यको भत्ता बुझेर राज्यकै खर्चमा उपचारका लागि भारत गएको भन्दै आलोचना भएको थियो । उपचार सकेर स्वदेश फर्केका राष्ट्रपति पौडेललाई कांग्रेस महामन्त्री गगन थापाले उपचार खर्च आफै वेहोर्न सुझाएका थिए ।
राष्ट्रपति संस्थाको गरिमालाई समेत भुलेर छुद्र टिप्पणी भइरहेका बेला पौडेलको यो निर्णयले उक्त संस्थाको गरिमा बढाएको छ ।

Related posts

घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

admin

अनुदान दुरुपयोगको नमूना

admin

व्यासको जनमुखी कदम

Deepak Joshi