२०७९ सालको आम निर्वाचनमा तनहुँ जिल्लाको क्षेत्र नं १ बाट जित हासिल गरेका थिए सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले । चुनावै पिछ्छे भावि प्रधानमन्त्रीको चर्चामा रहिरहने पौडेल २०८० साल जेष्ठ ५ गते नेपालको राष्ट्रपति भए ।
राष्ट्रपति भए लगत्तै उहाँको स्वास्थ्य अवस्था अलि बिग्रँदै गयो । बिमार त जसलाई पनि लाग्न सक्छ । अझ उमेर बढ्दै जाँदा रोगले नछोप्ने त कुरै भएन । अझ नेपालको निर्वाचन ऐनले उमेर टन्नै(४५) नभए तँ राष्ट्रपतिका लागि योग्य नै छैनस् भन्छ, अझ उहाँ त ७०+ । त्यस्तै हाम्रा राष्ट्रपति पनि उपचार खोज्दै भारत हानिनु पर्यो । नेपालमा राम्रो उपचार हुन्न भन्ने मेरो जस्तै सोँच सरकारी तबरमा पनि रहेछ ।
उहाँलाई भारतको नयाँदिल्ली स्थित एम्स् अस्पतालमा भर्ना गरियो । उहाँको उपचारको बेला धेरै टिकाटिप्पणी सुन्न पाइयो । जसको प्रतिकार स्वरुप राष्ट्रपति कार्यालयले २०८० बैशाख १९ गते जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आँफै बेहोर्ने ईच्छा राख्नु भएको कुरा प्रष्ट थियो । सायद उहाँले आफुले यतिका बर्ष जनताको सेवा गरेबापत कमाएको पुँजीबाट आफ्नो उपचार होस् भन्ने चाहना राख्नु भएको थियो ।
तर सरकार या भनौ राष्ट्र उहाँको ईच्छा पुरा गर्न असमर्थ रह्यो । २ महिना नबित्दै परराष्ट्र मन्त्रालयले उहाँको उपचार बापतको ५५ लाख २ हजार २७९ रुपैयाँ निकासाको लागि पत्र सार्वजनिक गर्यो । राष्ट्रपतिको ईच्छालाई नकार्दै सरकारले चालेको यो कदमले राष्ट्रपति लगायत उहाँका शुभचिन्तक कति दुखित होलान् । जे हुन्छ राम्रैका लागि हुन्छ भन्दै चित्त बुझाउन सबैमा अनुरोध छ ।
राष्ट्र प्रमुखको एउटा सानो ईच्छा पनि पुरा हुन नदिने भयो यो राष्ट्रले । त्यसै हरेक कुरामा सतिले सरापेको देश भनिएको हैन रहेछ । खैर जे होस् अहिले राष्ट्रपतिको स्वस्थ्य अवस्थाम ठिक छ । त्यसैमा सन्तुष्ट भौं ।
राष्ट्रपतिको इच्छा पुरा गर्न नसक्ने राष्ट्र
previous post