Tanahun Awaj
समाचार

माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने

यहि माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा देशभरका फिल्म हल बन्द हुने भएका छन् ।
हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै- अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक बिरोधको रुपमा देशभरका हल बन्द गर्ने जनाएको हो ।
सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ भने अहिले देशभर कुल १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।

Related posts

घुमाउने पुलको निर्माण म पूरा गर्छु: भट्टराई

Deepak Joshi

नेपाललाई कमजोर बनाउन चौतर्फि आक्रमण भएको छ – शेखर कोईराला

admin

न्यानो कपडा वितरण

admin