33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

प्रतिवादी पक्षको बहस निरन्तर

दमौली/नावालिका संग जबरजस्ती करणी गरेको अभियोग लागेका पल शाह, उनलाई सहयोग पु¥याएको अभियोग लागेका शाहका म्यानेजर कृष्ण जोशी विरुद्धको थुनछेक बहस बुधबारबाट शुरु भएको छ । बुधबार सरकारी पक्षबाट जिल्ला न्यायाधीवक्ता दुई जनाले र जाहेरवालाको तर्फबाट सात जना कानुन व्यवसायीले बहश गरेको तनहुँ जिल्ला अदालतले जनाएको छ । त्यसैगरी प्रतिवादीहरुको तर्फबाट अधिवक्ताहरु परशुराम गिरी र भानुभक्त सुवेदीले बुधबार बहस गरेका थिए । बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बहस गर्दा गर्दै पाँच बजिसकेको हुँदा आज विहिबार बाँकी बहसलाई निरन्तरता दिँदै थप सातजना कानुन व्यवसायीले बहस गर्नेछन् । प्रतिवादी कानुन व्यवसायीहरुको बहस सकिएपछि वादी पक्षबाट जवाफी बहस सकिएमा विहिबार नै तनहुँ जिल्ला अदालतबाट थुनछेक आदेश आउन सक्दछ ।
नाबालिका माथि यौन शोषण गरेको आरोप लागेका नायक पल शाह विरुद्ध १२ देखि १४ वर्ष जेल सजाय र मनासिब क्षतिपूर्तिको माग गर्दै मंगलबार तनहुँ जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो । त्यसैगरी मतियारको रुपमा सहयोग गरेको आरोप लागेका म्यानेजर कृष्ण जोशीलाई शाहको कसुरको आधा सम्मको कैद सजाय माग गरिएको छ ।

Related posts

आयोजना प्रभावितको अधिकारप्रति चासो

admin

नवौं अधिवेशनबाट नयाँ नेतृत्व चयन

admin

पूर्व मन्त्री जोशीको कारवाही फुकुवा

admin