तनहुँ/चैत्र ११ गतेबाट देशभरबाट लागेको लक डाउनको तनहुँ जिल्लाको गाउँवस्तीमा आंसिक परेको छ । रामजाकोटबाट माधव गिरीले दिनु भएको जानकारी अनुसार चैत्र बैशाख महिनामा गरिने घरगृहस्थीको कामहरुमा लकडाउनको खासै प्रभाव परेको छैन । किसानहरु यतिबेला मल बोक्ने, छित्र्याउने, चैतेधान लगाउने, दाउरा काट्ने, बोक्ने काममा व्यस्त छन् । भिमाद दमौलीबाट आउने बसहरु नचल्दा खाद्यान्न, चामल, चिनी, प्याज तेलको अभाव भएको छ । ऋषिङ्ग–५ का नब्बे घर परिवारले भने गाउँपालिकाबाट राहत पाएका छन् । त्यसै गरी भिमाद नगरपालिकाको किहूँ क्षेत्रमा पनि लकडाउनको प्रभाव कम देखिएको त्यहाँबाट विष्णुप्रसाद सिग्देल बताउनु हुन्छ । घिरिङ्ग–१ मा आमकिसानमा कम प्रभाव देखिएको कमल अधिकारी बताउनु हुन्छ । लक डाउनको अवधि भनेर बाहिर नस्किने घरमै बस्ने अवस्था छैन । खास गरी यस क्षेत्रमा बाहिरबाट कोही पनि नआएको हुँदा कोरोना भाइरसको संक्रमणको त्रास पनि कम परेको स्थानीयहरु बताउँछन् ।
गाउँवस्तीमा लकडाउनको प्रभाव
previous post