दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएर औसत संक्रमण दर पाँच प्रतिशतमा झरेको छ ।
तनहुँ आवाजले साप्ताहिक रुपमा अघिल्लो विहिबार देखि पछिल्लो बुधबारसम्मको अवधिको संक्रमणको अवस्थालाई हेर्दा ओमिक्रोनको संक्रमण घट्दै गएको देखिएको छ । माघ ८ गते शनिबार सबैभन्दा बढी ५०.७९ प्रतिशत रहेको संक्रमण दर यो साता सबैभन्दा कम २.६६ रह्यो । यो साताको औसत संक्रमणदर भने झण्डै पाँच प्रतिशत रह्यो ।
फागुन ५ गते विहिबार देखि फागुन ११ गते बुधबारसम्मको अवस्था विश्लेषण गर्दा यो साताको पहिलो दिन रहेको ५.८२दप्रतिशतको संक्रमण दर साताको अन्तिम दिन बुधबार आईपुग्दा ३.५८ प्रतिशतमा झरेको छ ।
संक्रमणमा उतारचढाव भने यो साता पनि चलिनै रह्यो । सााको पहिला दिनको ५.८२ प्रतिशत संक्रमण आइतबार घटेर हालसम्मकै कम २.६६ प्रतिशतमा आयो । साताको अन्तिम दिन बुधबार भने ३.५८ प्रतिशतमा पुगेको छ ।
बुधबारसम्म पाँचसय भन्दाबढी संक्रमित हुने जिल्लाहरु काठमाण्डौं,ललितपुर र कास्की रहेका छन् भने मोरङ लगाएत १० जिल्लामा संक्रमितको संख्या २०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म जम्मा संक्रमित मध्ये नौ लाख ५४ हजार ३४१ जना अर्थात ९७.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ९३० जनाको मृत्यु भएको छ । यो सातामात्र कोरोना संक्रमणका कारण २५ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साताको ५५ जनाले ज्यान गुमाएका थिए । हालसम्म ६०–६९ उमेर समूहका सबैभन्दा धेरै दुइहजार ५०१ जनाले कोरोनाका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । यो साता १० हजार चार जना संक्रमित संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १० हजार ९० मा झरेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै ३१–४० उमेर समूहका ५६ संक्रिय संक्रमित थपिएका छन् । साताभर भएको कुल परिक्षण ६२ हजार ४८ मध्ये दुइहजार ७९५ जनामा संक्रमण पुष्टी भएको थियो । यो साता २२ लाख ८ हजार ४१८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
ओमिक्रोनको औसत संक्रमण दर ५ प्रतिशत
previous post