दमौली/जिल्ला प्रशासन कार्यालयले तनहुँले सार्वजनिक विदाका दिनमा समेत सेवा प्रवाह गर्ने जनाएको छ ।
कार्यालयद्वारा जारी विज्ञप्तीमा नेपाल सरकारले विसं २०८० मा वर्षभर दिने भनेको पर्व तथा दिवस विदाका दिनमा समेत सेवा प्रवाह गर्ने जनाएको छ । उभौली पर्व, गणतन्त्र दिवस, रक्षा बन्धन तथा श्रीकृष्ण जन्माष्टमी लागएतका विदाका दिनमा अन्य दिनमा जस्तै सेवा प्रवाह गरिने विज्ञप्तीमा उल्लेख छ । यसैगरी क्रिसमस डे, उधौली पर्व, तमु ल्होसार, पृथ्वीजयन्ती, माघी पर्व तथा सोनम ल्होसारमा समेत जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने विज्ञप्तीमा जनाइएको छ ।
जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, महाशिवरात्री, ग्वाल्पो ल्होसार तथा ईदउल फित्रका दिनमा कार्यालयले नागरिकता लगाएत राहदानी र राष्ट्रिय परिचय पत्रको सेवा विदामा दिनमा पनि निरन्तर प्रवाह हुने छ । जिल्ला प्रशासन कार्यालयको यो निर्णयले आम नागरिकले सार्वजनिक संसथाको सेवा उपभोगमा सहजता आउने भएको छ ।
