विश्व मुटुु दिवसको अवसर पारेर नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँ शाखाले व्यास–३ मा रहेको वृद्धाश्रममा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष कृष्णचन्द्र पाण्डेका अनुसार उक्त दिन आश्रमका रहेका वृद्ध–वृद्धाको रक्त चाप परिक्षण गरिनुका साथै इको कार्डियो ग्राफी समेत गरिने छ । यसका साथै वृद्ध–वृद्धालाइफलफूल वितरण गर्ने कार्यक्रम समेत रहेको प्रतिष्ठानकी कोषाध्यक्ष अञ्जु दाहालले बताईन् ।
प्रतिष्ठानले मुटुलाई नकारात्मक असर गर्ने अति खराब चिल्लो पदार्थको बारेमा जनचेतना जगाउन स्थानीय निकायको सहयोगमा जिल्लाका सबै विद्यालयमा जानकारी मूलक फ्लेक्स समेत राख्ने भएको छ । यसले बालबालिकाले अति खराब चिल्लो पदार्थको सेवनले ल्याउन समस्याका बारेमा जानकारी पाउने र आवश्यक सावधानी अवनाउने विश्वास प्रतिष्ठानको रहेको छ । यसका साथै वरिष्ठ मुटुरोग विशेषज्ञहरुको सहयोगमा विद्यालयका बालबालिकाको मुटु परिक्षण सिविर सञ्चालन गर्ने निर्णय प्रतिष्ठानले गरेको छ ।
हरेक वर्ष सेप्टेम्बर २९ मा विश्वभर मुटु र मुटुरोगका बारेमा सचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाउने गरिन्छ ।
Uncategorised
-
घर छेउकाे विद्यालयमा अध्ययन गर्ने बालबालिकाले विद्यालय समयमा पर्याप्त पिउन पानी समेत नपाउने अवस्था…
-
[3d-flip-book id=”9398″ ][/3d-flip-book]
-
रुम टु रिड अन्तर्गत बालिका शिक्षा कार्यक्रम अन्तर्गत शिद्धेश्वरी बालक्लब सिद्धेश्वरी माविका बालबालिकाका लागि…
-
-
वारि तनहुँका घिरिङ तथा ऋषिङ गाउँ पालिका र पारी पूर्वी नवलपरासीको बौँदीकाली गापा अनि…
-
वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जाने भएसंगै उक्त पदमा विश्वम्भर…
-
दमौली स्थित शिवकालिका वचत तथा ऋण सहकारी संस्थाले एक दिने प्रशिक्षण एवं अन्तरक्रियाको आयोजना…
-
गठबन्धनमा आवद्ध तनहुँका राजनीतिक दलहरुको सयुक्त बैठक बिहिबार नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेको…
-
‘लहरो तान्दा पहरो थर्कन्छ’ नेपाली भाषामा प्रयोग हुने विभिन्न उखान टुक्काहरु मध्येको एउटा मिठो…
