व्यास-२ पदमचोकमा कार्यालय रहेको शिवकालिका वचत तथा ऋण सहकारी संस्था जिल्लाकै नमूना सहकारी बन्न सफल भएको छ ।
२०६७ साल असोजमा विधिवत दर्ता भई वचत संकलन तथा त्यसको परिचालन मार्फत उद्यमशीलता आर्थिक विकासको क्षेत्रमा योगदान गर्दै आएको उक्त सहकारीको विश्वसनिय कामकै कारण वचत कर्ताको संख्या दुइहजार पाँचसय भन्दा बढी रहेको संस्थाका सचिव दीपक न्यौपानले बताए । न्यौपानेका अनुसार ६६ सेयर सदस्यबाट सुरु गरेको सहकारीका हाल ४ सय ८९ सेयर सदस्य रहेका छन् ।
सहकारीका अध्यक्ष पूणर्बहादुर खड्काका अनुसार आर्थिक विकासमा सरकारको तिन खम्बे नीतिलाई पछ्याउँदै सहकारीले आर्थिक विकाससंग सम्बन्धित विभिन्न कामहरु गर्दै आएको छ । यसका साथै सहकारीले सामाजिक उत्तरदायीत्व अन्तर्गत जेष्ठ नागरिक सम्मान, एसइइमा उच्च अंक ल्याउने शेयर सदस्यका सन्तानको सम्मान, असल वचतकर्ता सम्मान जस्ता कार्य गर्दै आएको छ ।
यसैबीच सहकारीले प्रेस युनियन तनहुँका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । सहकारीका अध्यक्ष पूणर्बहादुर खडका, उपाध्यक्ष बेलबहादुर रानाभाट, लेखा समिति संयोजक विष्णुभक्त न्यौपाने, सचिव दीपक न्योपाने समेतको उपस्थितिमा प्रेस युनियनकर्मीलाई टिका र खादा लगाएर सम्मान गरिएको उपाध्यक्ष बेलबहादुर रानाभाटले तनहुँ आवाजलाई बताए ।
समाचार
-
दमौली/नेपाल औषधी व्यवसायी संघले आफ्नो स्थापना दिवसको अवसरमा असार १० गते उज्यालो घरलाई आठ…
-
म्याग्दे/म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८०।०८१ को वजेट वजेट ५५ करोड ५३ लाख ५० हजार…
-
दमौली/व्यास नगरपालिकाकाले आर्थिक वर्ष २०८०/८१ को नीति, वजेट तथा कार्यक्रम अनुसार करिब १ अर्ब…
-
दमौली/तनहुँको पुरानो व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ९३ प्रतिशत योजना सम्झौता सम्पन्न भएका छन्…
-
विशेष सम्वाददाताअन्तर्राष्ट्रिय शरणार्थी दिवसको संघारमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका १६ अभियुक्त पुर्पक्षका लागि थुनामा…
-
दमौली/व्यास नगरपालिका वडा नं. २ स्थित गणेशमान चोकमा पार्क निर्माण गर्न वडा नं. २…
-
गजौडे/तनहुँ व्यास नगरपालिका वडा नं. ९ गजौडेस्थित स्वास्थ्य चौकीले नयाँ भवनबाट सेवा सुरु गरेसंगै…
-
म्याग्दे÷ गाँउपालिका वडा नं ७ को आयोजनामा सोमबार निशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न…
-
दमौली/पालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्ने उद्देश्यले व्यास नगरपालिकाले शिक्षकहरका विषय…
