23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणमा कांग्रेसको चासो

    जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माण सम्बन्धमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सुझाव सहित सरकारको ध्यानाकर्षण गरेको छ । 
जाजरकोट जिल्लाको बारेकोटलाई केन्द्र बनाई कार्तिक १७ गते राती ११ः४७ मा गएको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठुलो जनधनको क्षति भएको तथा छिमेकी अन्य नौ जिल्लाहरुमा पनि धेरै घरहरूमा क्षति पुगेको उल्लेख गर्दै कांग्रेसले जाजरकोट भूकम्प पश्चातको राहत, पुनस्र्थापना, पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सम्माननीय प्रधानमन्त्री मार्फत् नेपाल सरकारलाई आग्रह गरेको हो ।  
भूकम्प लगत्तै प्रधानमन्त्री र संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले सक्रियतापूर्वक निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै कांग्रेसले सबै राजनैतिक दल, निजी क्षेत्र, सामाजिक संघ–संस्था सबैको स्वतःस्फूर्त सहयोगी मानवीय भावनाले ‘विपद्मा सम्पूर्ण एकताको नेपाली संस्कार’ प्रदर्शित गरेको जनाएको छ । कार्तिक २१ मा जारी गरेको ध्यानाकर्षणमा कांग्रेसले सम्पूर्ण पार्टी पंक्ति र भ्रातृ संस्थाहरुलार्ई राहत तथा उद्धार कार्यमा परिचालन हुन आह्वान गरिसकेको उल्लेख गर्दै उद्धार, राहत र पुनस्र्थापनाको तत्कालीन, अल्पकालीन र दीर्घकालीन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनु अपरिहार्य रहेको समेत बताएको छ । 
भूकम्प प्रभावितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन सहजीकरणको साझा संयन्त्र निर्माण गर्न सुझाब दिएको कांग्रेसले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मार्फत् सहयोग गर्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली र संघ संस्थाहरुलाई आव्हान गर्ने भनेको छ । यसैगरी कांग्रेसले भूकम्पमा घाइते भएकाहरुको सम्पूर्ण उपचार राज्य कोषबाट गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन, घुम्ती स्वास्थ्य चौकीहरु स्थापना गर्न, स्थानीय स्वास्थ्य संस्थामा थप जनशक्ति र औषधी पठाउन समेत सरकारको ध्यानाकर्षण गरेको 

छ । कांग्रेसको १२ बुँदे तत्कालिन र अल्पकालिन कार्य सुझावमा आवास पुनर्निर्माण र जायजेथा जोहो गर्न प्रभावित परिवारलाई कठिन हुने हुँदा प्रदेश र स्थानीय सरकारले बिशेष प्याकेज ल्याएर स्थानीय स्तरमा सिप र क्षमता बृद्धि गरि स्वरोजगार र रोजगारका अवसरहरु सिर्जना गर्ने तिर तत्काल कार्ययोजना आग्रह गरिएको छ ।
कांग्रेसको ९ बुँदे पुननिर्माण सम्बन्धी सुझाबमा भूकम्पीय जोखिमलाई दृष्टिगत गरेर दीर्घकालिन रूपमा संस्थागत क्षमता, दक्षता विकास गर्दै जोखिम व्यवस्थापनको स्थानीय स्तरबाटै नेतृत्व हुने गरि जनशक्तिको ब्यवस्थापन गर्ने व्यवस्था गर्न भनिएको छ । उपलब्ध पुराना कार्य योजना, कार्यविधि, मापदण्ड, सफलता र विफलताका दस्तावेजहरु र अनुभावहरुको प्रयोग गरेर प्रभावित परिवार समुदाय र भविष्यमा प्रभावित हुनसक्ने जोखिमयुक्त समुदायलाई दरिलो र बलियो बनाउन राष्ट्रब्यापी अभियानमा राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र, डायस्पोरा, ब्यक्ति सबैलाई सहयोग र सहकार्यका लागि अपिल गर्न सकेत कांग्रेसले सरकारसंग अनुरोध गरेको छ ।

Related posts

आज कार्यकर्ता भेला

admin

३८ औं नगरसभा पुसमा

admin

सहज भयो भत्ता वितरण

admin