पृष्ठभूमि
संहिताको भाग ४ परिच्छेद ३ मा सम्पत्तिको उपभोग सम्बन्धी व्यवस्था गरेको छ । परिच्छेद २ ले स्वामित्व र भोगाधिकार सम्बन्धी व्यवस्था गरेको छ । स्वामित्व, भोगाधिकार र उपभोगको अन्योन्याश्रीत सम्बन्ध रहन्छ । त्यसैले सरल ढंगबाट बुझ्न सजिलो होस् भनेर शब्दाबलीहरुको अर्थ बुझिने गरी कानुनले गरेका व्यवस्थाको चर्चा गर्ने प्रयास गरिएको छ ।
स्वामित्वः
कानुन बमोजिम आधिकारीक हक प्राप्त भएको सम्पत्तिलाई व्यक्तिमा सो सम्पत्तिको स्वामित्व रहेको मानिन्छ । स्वामित्व स्थापित हुनका लागि मालको मूल्य चुक्ता गरेको हुनुपर्दछ । स्वामित्ववाला व्यक्तिको सहमति बेगर त्यस्तो सम्पत्तिको भोग गर्न सकिदैन । भोगाधिकारः
भोगाधिकार सहमति, समझदारी र करार बमोजिम सिर्जन हुन सक्दछ । हक वेहकको प्रश्न उठेमा लामो समयको भोगाधिकार हक स्थापित गर्ने एउटा आधार बन्न सक्दछ । भोगाधिकारको सिर्जना स्वामित्ववालाको हैसियतमा
हुन्छ । करार बमोजिम पनि भोगाधिकार प्राप्त हुन्छ । सहमति र सझदारी पनि हुन्छ ।
भोगाधिकारको समाप्तीः
भोगाधिकार पाएको व्यक्तिले सो सम्पत्ति परित्याग गरेमा भोगाधिकार समाप्त
हुन्छ । सम्पत्ति हस्तान्तरण भएमा र सम्पत्ति नै नष्ट भएमा पनि भोगाधिकार समाप्त हुन्छ ।
प्रतिकूल भोगाधिकारः
अर्काको हकभाग र स्वामित्वको सम्पत्तिमा लामो समयसम्मको भोगाधिकारले स्वामित्ववालाको अधिकार समाप्त हुने अवस्थालाई प्रतिकूल भोगाधिकार भन्ने अर्थ कानूनले लगाएको छ । अर्थात चल सम्पत्ति तीन बर्षसम्म निर्वाध भोग गरेमा सो सम्पत्तिमा भोगवालाको प्रतिकूल भोगाधिकार रहेको मानिन्छ । त्यसैगरी अचल सम्पत्ति अर्थात जमिनमा पनि तीस बर्षसम्म सहमति करारनामा, सम्झौता विना निर्वाध भोग चलन गरिरहेमा प्रतिकूल भोगाधिकार स्थापित हुने कानुनी व्यवस्था छ । प्रतिकूल भोगाधिकार स्थापित भएमा भोगवालाले त्यस्तो चल अचल सम्पत्तिमा स्वामित्व स्थापित गराउन सक्ने व्यवस्था छ । तर गोप्य रुपमा वा जवरजस्ती वा स्वामित्व वालाको जानकारी विनाको भोगाधिकारले स्वामित्व स्थापित हुन नसक्ने कानुनले स्पष्ट पारेको छ । अवधि गणना चाही संहिता लागू भएको मितिबाट हुनेछ ।
आफ्नो जग्गामा घर बनाउनेः
आफ्नो स्वामित्व नभएको जग्गामा घर बनाउन पाईदैन । बनाएमा बजार मूल्य भन्दा २५ प्रतिशत कम मूल्यमा जग्गावालाई दिनु पर्दछ । या जग्गावालाको जग्गा दिएमा थप २५ प्रतिशत मूल्य तिरेर घर भएको जग्गा लिनु पर्दछ । यो सहमति कायम नभएमा घरवालाले घर हटाइ लैजानु
पर्दछ ।
निष्कर्षः
प्रक्रिया मिचेर घर नबनाऔं । प्राविधिकलाई प्रभावमा पारेर नक्सा मिलाउँदा यस्ता आएको पाइयो । अन्ततः दुःख घर बाउनेले पाउने हो ।