हामी मध्ये धेरैलाई थाहा नहुन सक्छ कि बाघलाई “अम्ब्रेला स्पेसिज” अर्थात छाता प्रजातिको नामले पनि पुकारिन्छ । बाघको संरक्षण गर्न धेरै ठाउँ अर्थात जंगल चाहिने भएकोले बाघको संरक्षणसंग ठूलो क्षेत्रफलमा जंगल संरक्षण जोडिएर आउँछ । यसरी बाघ संरक्षणका लागि जंगलको संरक्षण गर्दा अन्य जिवजन्तु र चराचुरुङ्गीको बासस्थान र खाद्यान्नको पनि संरक्षण हुने भएकाले बाघलाई अम्ब्रेला स्पेसिज भनिएको हो । बाघ र यसको संरक्षणसंग अन्य जिवजन्तुको पनि जीवन जोडिएकोले यसको संरक्षण विश्व मानव समुदायका लागि अपरिहार्य भएको छ ।
फेलिडी परिवारको प्यान्थरा वर्ग अन्तर्गत पर्ने “ठुलो बिरालो“ समुहको सबैभन्दा ठूलो र शक्तिशाली जङ्गली जनावर हो, बाघ । कुनै समय पश्चिममा टर्कि, उत्तरमा साइबेरियादेखि दक्षिणमा बालीसम्मको भूभागमा शिर्ष शिकारीको रूपमा राज गरेको यो जनावर अहिले पूर्वी र दक्षिणी एसियाका १३ देशहरूमा मात्र सिमित हुन पुगेको छ । र विश्व समुदाय बाघले वातावरणको सन्तुलनमा दिने योगदानको महत्व आत्मसाथ गर्दै यसको संरक्षणमा जुटेको छ । झण्डै १०० वर्ष अगाडिसम्म लाखको संख्यामा रहेको बाघको संख्या एक्काइसौं सताब्दीको प्रारम्भमा आईपुग्दा घटेर ३८०० मा पुगेको छ । र यसले वातावरणविद् तथा
संरक्षणविद्हरुलाई चिन्तित तुल्याएको छ ।
वासस्थानको विनाशका कारण लोपोन्मुख अवस्थामा पुगेको यो प्राणीको संरक्षणमा सक्रिय सहभागी हुँदै नेपालले पनि सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिवद्धता जनाएको थियो, सन् २०१० मा । र नेपालले प्रतिवद्धता जनाएको ८ वर्षमै १२० बाट बढाएर बाघको संख्या २३५ पु¥याईसकेको थियो । पछिल्लो ३ वर्षमा केही बाघ थपिएर त्यो संख्या दोब्बर भएको अनुमान लगाउन सकिन्छ । यस्तो अवस्थामा आफ्नो प्रतिवद्धता पूरा गर्न र वातावरणिय सन्तुलन कायम राख्नु नेपालले बाघको मुख्य वासस्थानको रुपमा रहेका चितवन तथा बर्दिया राष्ट्रिय निकुञ्जमा वासस्थानको विनाश रोक्नु छ भने अवैध चोरी शिकारी पनि रोक्नुछ । आज परेको विश्व बाघ दिवसको अवसरमा बाघको संरक्षणमा नेपाललाई सफलता मिलोस्, यहि कामना ।
“अम्ब्रेला स्पेसिजको” संरक्षण-सम्पादकीय
previous post