
नेपाल जस्तो जटिल सामाजिक र साँस्कृतिक अवस्था भएको समाजमा स्थानिय जनताको आवश्यकतालाई ध्यानदिनु बढी आवश्यक हुन्छ । विकासका योजनाको कार्यान्वयनको गलत प्रक्रियालाई हेर्दा नेपालको विकास प्रयास असफल भएको देखिन्छ । नेपालको वर्तमान समयसम्म आइपुग्दा १६ (सोह्र) वटा पञ्चवर्षिय योजना पार गरिसकेका छौं । जुन योजनावद्ध विकासको हिसाबले धेरै लामो समयावधि हो । विकास प्रक्रियाको थालनी गर्दा सामाजिक सम्बन्ध, व्यवहार, समुदायमा बस्ने मानिसहरु ज्ञान, विभिन्न अन्तरजातिय मान्यता परम्पराको बारेमा धेरै ज्ञान र तथ्य थाहा पाउन सकिन्छ । त्यसैले प्रत्येक स्थानिय निकायका जनप्रतिनिधिले कहाँ, कस्तो विकास, कसरी संचालन गर्ने जसबाट चाहेको नतिजा वा परिवर्तन हासिल गर्न सकियोस् । वर्तमान समयमा स्थानिय निकायका जनप्रतिनिधिले जनमुखी विकास भन्ने गर्दछन् । यसमा खासगरी समाजमा रहेका पिछडिएका वर्ग, समुह, लिङ्ग, जनजाति योजनाको कार्यान्वयनको मूल प्रवाहकम आउन सकेका छैनन् । त्यस्ता वर्गलाई समुदायको सक्रिय जनसहभागिताका क्रियाकलापमा सहभागी बनाइ साथसाथै हिडाउनु पर्दछ । यसले कार्यान्वयन गरिएका योजनामा उनिहरुको अपनत्व बढ्न गै जिम्मेवारीबोध देखिन थाल्दछन् । जब समाजका प्रत्येक नागरिक जिम्मेबार बन्न थाल्दछन् तब दिगो र भरपर्दो विकासको मार्गचित्र बन्दछ । नेपालका अहिलेसम्मका विकास प्रयास असफल हुनमा विकासको प्रक्रियामा वास्तविक जनताको सहभागिता हुन नसक्नु हो । विद्यमान राजनैतिक प्रणालिमा एउटा पार्टीको कार्यक्रम वा योजनामा अर्को पार्टीको समन्वय र सहकार्य भएको छैन । जुन तथ्य दुर्भाग्यपूर्ण अवस्था हो । विकास अरुको लागि गरिदिने वस्तुका रुपमा लिने परिपाटीले विकास असफल भएको हो । यस्तो अवस्थामा क्रमश सुधार गर्दै लैजानु पर्दछ । समन्वय सबै राजनैतिक पार्टीको बीचमा सुमधुर सम्बन्ध स्थापना गर्नु पर्दछ । आसा छ आगामी दिनमा यस्तो अवस्था सृजना हुन्छ ।
विकासका प्रत्येक कार्यक्रममा सबै जनताको शशक्त सहभागिताले सहि आवश्यकताको पहिचान, उचित कार्यान्वयन र मूल्याङ्कन हुन सक्दछ । सामाजिक जटिलतालाई बुझि सबै जनतालाई संगठित बनाई जनता स्वयंले कार्य संचालन गर्न सक्ने संयन्त्रको विकास गर्दै लैजान सक्यो भने विकासले छिटो सफलता प्राप्त गर्न सक्दछ ।
समाजमा बढि रहेको सामाजिक समस्या जस्तै गरिबी, अभाव, द्वन्द्व, सिमान्तिकरण, असमानता, विभेद, अन्याय, अत्याचार, लुटपाट, बेरेजगारी, धार्मिक सहिषुणताको अभाव जस्तै सम्पूर्ण पक्षलाई अध्ययनगरी निराकरण गर्नुको लागि विज्ञ योजनाविद, प्रभावशाली अर्थशास्त्रीद्वारा आर्थिक योजनाको प्रारुप (MODEL) तयार गरी प्रत्येक स्थानिय तहले कार्यान्वयनमा ल्याउन सक्यो भने सामाजिक सदभाव र विकासको प्रतिफल प्रत्येक पालिकाका टोल र वस्तीहरुमा देख्न सकिन्छ । समाजमा विकास असन्तुलित छ, भेदभाव छ । अधिकांश जनताहरु आफ्नो परम्परागत काममा लागि परेका छन् । अन्य कुनै विकल्प नै छैन । सरकारी योजनाले समाजमा समान तरिकाले प्रभावपार्न नसकि असन्तुलित विकास भएको छ । यस्तो अवस्थामा विकास सम्बन्धी परिवर्तन आएको बारेमा अनुसन्धान गरिएकै छैन । कहाँ सन्तुष्टि छ, कहाँ असन्तुष्टि छ, त्यस बीचको खाडल (Gap) पत्ता लगाइयो भने विकासको ढाँचामा परिवर्तन ल्याउन साथै जनतामा खुसि र सन्तुष्टि सञ्चार हुन थाल्दछ । समाज परिवर्तनको दिसातर्फ मोडिन्छ । विकास अबधारणाले दिगो जनसहभागितामा आधारित समतामूलक विकासको लक्ष प्राप्त गर्ने कोशिस जारी राख्दछ । यसैले यस्तो अवधारणालाई विकासको मुद्दाको रुपमा लिनुपर्दछ । हाम्रो विकासका योजनामा प्रर्याप्त र यथार्थ अनुगमन र मूल्याङ्कनको अभाव देखिन्छ । त्यसैगरी पारदर्शिता पनि छैन, जवाफदेहिताको सवालमा कुनै पनि आधिकारीक व्यक्तिको दिमागमा चिन्तन छैन । अब भन्नु होस यस्ता व्यक्तिबाट जनताको जिवनमा के परिवर्तन आउला ? यसका लागि विवेक, बुद्धि, ज्ञान, शिक्षा, सिप भएका युवाको नेतृत्व समाजले खोजिरहेको छ । आगामी स्थानिय निर्वाचनमा के यस्ता पात्रलाई सचेत नागरिकले पूर्णबहुमतका साथ विजयी गराउन लागि परेको खण्डमा विकासको बाटो आफै तय हुन्छ । जुन स्थापित भएपछि निरन्तर चलिरहन्छ । समाज परिवर्तन भएको देख्न सकिन्छ ।
कुनैपनि राष्ट्रको अर्थव्यवस्था, राजनीति, सामाजिक, सांस्कृतिक प्रणालिले त्यस देशका जनताको जिवनमा परिवर्तन ल्याउँदछ । यस्तै परिवर्तनको माझबाट नेपाली समाजमा पनि २१ औं शताब्दीको मूलढोकाबाट विश्वव्यापिकरणको प्रक्रिया निरन्तर अगाडी बढेको छ । वर्तमान समयमा विश्वका विकसित राष्ट्रले नेपालजस्ता देशमा आर्थिक सामान्य खडा गर्न लागि परेका छन् । नेपाल जस्ता देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । आफ्नो उत्पादन प्रणाली प्रायः नष्ट भएको छ । नेपाली समाजको उत्पादन, ज्ञान, सिप र क्षमता विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा नै छैन । आर्थिक एकाधिकारको जन्म, विकास, विस्तार हुँदै गएको छ । यसलाई नेपाली समाजले विश्लेषण गरि आफ्नो मौलिक ढाँचाको विकास मोडलको लागु गर्नु पर्दछ । वर्तमान समयमा रहेका स्थानिय निकायका जनप्रतिनिधि आफ्नै किसिमको ढाँचाको विकास मोडलको योजना बनाउन सक्ने युवा जनप्रतिनिधिको खोजी गरिरहेको र आगामी २०८४ को निर्वाचनमा देशैभरी नै युवा जनशक्ति आउनेमा विश्वस्त हुन सकिन्छ । परिवर्तनको संबाहक जनप्रतिनिधिबाट देशको अवस्थामा परिवर्तन आउनेछ । आशा गरौं युवाशक्तिबाट देश विकासमा परिवर्तन देख्न सकिनेछ ।
