रमेश विकल
सोमबार साँझ बन्दिपुर गाउँ पालिका–२ कुवादीका ६ वर्षिय बालक उत्सव गुरुङको चितुवाको आक्रमणबाट ज्यान
गयो ।
प्राप्त समाचार अनुसार आफ्नै आँगनमा खेली रहेका उत्सवलाई चितृुवाले आक्रण गरी घाइते बनाएको थियो ।
पाँच वर्ष यता तनहुँका उत्सव जस्ता झण्डै दर्जन बालबालिकाले ज्यान गुमाए । भानु, व्यास, शुक्लागण्डकी र आँबुखैरेनीमा मात्र होइन अब बन्दिपुरमा समेत चितुवाको आक्रमणको त्रास फैलिएको छ ।
धान, मकै जस्ता अन्न मात्र होइन फलफूल समेत खाएर बाँदरले हैरान पारिरहेका बेला चितुवाले बच्चा माथि आक्रमण गर्ने र ज्यानै लिने गर्न थालेपछि तनहुँका स्थानीय वन्यजन्तुको चेपुवामा परेका छन् ।
मान्छेको ज्यानै चाहीँ नलिइहाल्ने बाँदरको आतंकबाट उम्कने बाटो पहिल्याउन नभ्याउँदै सुरु भएको मानिसमाथि चितुवाको आक्रमणले सबैलाई चिन्तित तुल्याएको छ । तर अझैसम्म नरभक्षी चितुवा नियन्त्रणमा स्थानीय भनिएका सरकारहरु र सुरक्षा निकाय सक्रियताले आकार ग्रहण गरेको छैन । चितुवा नियन्त्रणका प्रयासहरु प्रभावकारी भएका छैनन् ।

चितुवाले मानिसको ज्यान लिन थालेसंगै यसको नियन्त्रणका लागि भइरहेका प्रयासहरु प्रभावकारी हुन नसक्नुमा कतै हामी टाउको दुखेको औषधी नाइटोमालाई भन्ने उखान चरितार्थ त गरिरहेका छैनौं ? भन्ने प्रश्न उब्जन थालेको छ ।
वासस्थानको अभाव त न होला तर कतै मांशहारी जंगली जनावरको संख्या बढ्दै जाँदा अनि चोरी शिकारीका कारण उनीहरुको आहाराको अभाव हुँदा गाउँ निस्कन थालेका र जे शिकार गर्न सजिलो हुन्छ त्यही शिकार गरेर आफ्नो पेट भर्न थालेका त होइनन् भन्ने तर्फ कसैको ध्यान गएको देखिएको छैन ।
चितुवाको आहाराका रुपमा रहेका वन्यजन्तुहरु मानिसको आहारा बन्न गएसंगै कतै जंगलमा चितुवाको आहारामा कमि भएको त होइन ? हामीले उनीहरुको प्राकृतिक आहार खोसेका कारण उनीहरु भोकको आगो शान्त पार्न गाउँ छिर्न र हामीमाथि नै आक्रमणमा उत्रन थालेका त होइनन् ?
बाँदर र चितुवा मात्र होइन थुप्रै जंगली जनावरले मानिसमाथि विभिन्न प्रकारले आक्रण गरिरहेका छन् । त्यसैले यो द्वन्द्व निराकण गर्न समग्रतामा अध्ययन गर्ने र उपयुक्त उपायको खोजी गर्नु पर्ने भएको छ । जबसम्म वन्यजन्तुको वासस्थान र खाना सुरक्षित हुँदैन तवसम्म हामी सुरक्षित हुँदैनौं भन्ने सत्य बुझेर द्वन्द्व समाधानका उपायको खाजी
गरौं ।
पिडित परिवारलाई राहत प्रदान गरेकै छौं, चितुवा लागएत वन्यजन्तु नियन्त्रणको प्रयासपनि गरिरहेकै छौं भनेर बस्ने अवस्था यो होइन किनभने धेरै मानविय र अन्य क्षति हामीले व्यहोरी सकेका छौं ।