23.1 C
Damauli
September 17, 2026
Tanahun Awaj
कानुनविचार/दृष्टिकोण

सहकारी ऐन संसोधन गर्न अध्यादेश

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
नेपाल सरकारले सहकारी ऐनलाइ तत्काल संसोधन गर्न आवश्यक महसुस गरेर संघीय संसदको अधिवेशन चालु नभएको कारण देखाइ अध्यादेशबाट सहकारी ऐन २०७४ लाइ संसोधन गरेको छ । संघीय संसदको अधिवेशन बर्षमा दुइ पटक हिउँदे र बर्षे बस्ने गर्दछ ।
संसोधित ऐन ः
नेपाल सरकारले सहकारी ऐन २०७४ मा २१ ठाउँमा संसोधन गरेको छ । सहकारीसंग सम्बन्धित ऐनहरु राष्ट्र बैंक ऐन २०५८, निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन २०७३ लाइ पनि यही अध्यादेशबाट संसोधन गरेको छ । यो अध्यादेश मार्फत राष्ट्रिय सहकारी विकास वोर्ड ऐन २०४९ खारेज गरेको छ ।
सहकारी ऐनमा संसोधनः
सहकारी ऐन २०७४ को २१ वटा दफा तथा स्थानमा संसोधन गर्न २०८१ पुस १४ गते आईतवार अध्यादेश जारी गरेको छ । दफा २ को ङ पछि ङ‘क’ थप गरी प्राधिकरणको परिभाषा गरेको छ । दफा १५ को उपदफा ७ पछि ८ थप गरेर सहकारीको दर्ता प्राधिकरणले निर्धारण गरेको मापदण्ड बमोजिम स्थानीय तहमा मात्र हुने व्यवस्था गरेको छ । दफा २० पछि २०क थप गरेर बचत तथा मूख्य कारोवार गर्ने सहकारीलाइ कार्य क्षेत्रको आधारमा संघीय, प्रदेश र स्थानीय गरी बर्गिकरण गरिएको छ । दफा ३२ को उपदफा १ मा पुरै सम्सोधन गरी एक व्यक्ति एक भन्दा बढी सहकारीमा सदस्य बन्न नसक्ने व्यवस्था गरिएको छ । तर भैरहेको सदस्यलाई एक बर्षको समय दिई एउटा मात्र सहकारीको सदस्यता कायम गर्ने मौका दिइएको छ । दफा ४१(३) पछि ४१(३क) थप गरी सहकारीको सञ्चालक पदमा दुई कार्यकाल भन्दा बढी निर्वाचित हुन नपाउने गरी संसोधित व्यवस्था गरिएको छ । दफा ५२ मा पुरै संसोधन गरिएको छ । व्यक्तगत बचत तथा ऋणको सीमा तोकिएको छ । फेरी ५२क थप गरी दश लाख भन्दा बढी बचत गर्नेले त्यसको आम्दानीको स्रोत खुलाउन पर्ने व्यवस्था गरेको छ । दफा ७१ को उपदफा २ को प्रतिबन्धात्मक व्यवस्थामा १८ प्रतिशत भन्दा बढीलाइ १५ प्रशितसत भन्दा बढी व्यवस्था गरी तीन प्रतिसत घटाइएको छ ।
दफा ८१ मा सूचना केन्द्र व्यवस्था गरी भित्री भाग पुरै स्रसोधन गरिएको छ । दफा १०१ मा पुरै संसोधन गरी कर्जा सुरक्षण कोषको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ । परिच्छेद १७ पछि १७क को व्यवस्था गरी दफा १०३क देखि १०३थ सम्मको व्यवस्था गरिएको छ । एवंरितले दफा १०४, १०६, १०६क, १०८क, ११०, ११२, ११५, १३१, १३२ र १३५ मा संसोधन भएको छ ।
अध्यादेश मोहः
संसदवादीहरुले बनाउने कानुन संसदीय अभ्यासबाट आउन सक्नु पर्दछ । संसद छल्नका लागि अध्यादेश ल्याउने संस्कार यो गणतन्त्रले बसालेको छ । संसद छल्दाको प्रहार संसदीय व्यवस्था, मूल्य, मान्यता माथि परेको छ ।
निष्कर्षः
शासकीय इमानदारीताले सुशासन स्थापित गराउन सक्दछ । कानुन संसोधन, त्यो पनि अध्यादेश मार्गले शासकीय इमानदारीता देखाउन सकेन । कानुन नराम्रो भएर सहकारीमा भ्रष्टीकरण बढेको होइन । पहुँचको दुरुपयोगले भ्रष्टीकरण बढेको हो ।

Related posts

स्थानिय निकायमा वित्तिय र भौतिक योजना

admin

घटाउँ मानव–वन्यजन्तु द्वन्द्व-सम्पादकीय

admin

जीवनदाताको सम्झना- सम्पादकीय

admin