23.8 C
Damauli
September 20, 2026
Tanahun Awaj
समाचार

६८औं सहकारी दिवस

दमौली/‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने नाराका साथ देशभर चैत्र २० गते ६८औं सहकारी दिवस मनाइएको छ ।
दमौलीमा पनि सहकारी दिवस मनाइयो । सहकारी सञ्चालकहरु, सदस्यहरु, कर्मचारीहरु, विद्यार्थीहरुको सहभागिता रहेको ¥यालीले दमौली बजार परिक्रमा गरेको थियो । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित सहकारी दिवस कार्यक्रममा जिल्लाभरका अधिकाँश सहकारीको सहभागिता रहेको थियो ।
देशभर सहकारी अभियान बद्नाम हुँदै गएको छ । त्यसमा कारक राजनीतिक दल र तिनका कार्यकर्ताले सहकारीको नेतृत्व कब्जा गरेको कारण समुन्नत समाज निर्माणका लागि आवश्यक सहकारी अभियान बद्नाम बनेको जानकारहरुको दावी छ ।

Related posts

देउवा सरकारका छ महिना, प्रतिवद्धता र प्राथमिकताबाट विमुख

admin

भिमादमा इलाका प्रशासन

admin

अडान जर्नल विमोचन

admin