दमौली/व्यास नगरपालिका तनहुँले ३८ औं नगरसभा पुसमा गर्ने भएको छ । नगरसभा पुस २८ र २९ गते गर्ने बुधबार बसेको नगर कार्यपालिकाको बैठक ले निर्णय गरेको हो ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको सो बैठकमा व्यास नगरपालिका भित्रका वडाहरु र नगर भूमि परिषद्को सिफारिसका आधारमा कृषि योग्य जमिनको वर्गिकरण गर्ने, कर्मचारी अतिरिक्त सेवा सुविधा सम्बन्धी कार्यविधि, २०७९ पारित गर्ने, व्यास नगरपालिकाको ३८ औं नगर सभा २०७९ पुस २८ र २९ गते गर्ने लगायतको निर्णय गरेको छ ।
३८ औं नगरसभा पुसमा
previous post