दमौली/कोभिड–१९ को संक्रमणले बन्दावन्दीको समय थप भैरहेकै समयभित्र आज व्यास नगरपालिकाले ३५औं नगर सभाको आव्हान गरेको छ ।
विहिबार आज विहान ११ बजेबाट नगर सभा हलमा शुरु हुने ३५औं नगरसभाले तीनवटा महत्वपूर्ण प्रस्ताव माथि छलफल पछि निर्णय लिनेछ ।
३५औं नगरसभाले अनुमोदन गर्नुपर्ने तीन प्रस्तावमा आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम रहेको छ । त्यसैगरी आर्थिक बर्ष २०७८÷०७९ को बजेट कार्यक्रम प्रस्ताव माथि पनि आवश्यक छलफल पश्चात निर्णय लिनेछ ।
३५औं नगरसभाले पाँच वटा विधेयक माथि आवश्यक छलफल गरी निर्णय लिनेछ ।
विधेयकहरुः
व्यास नगर प्रतिष्ठान विधेयक २०७८, ऐतिहासिक पर्यटकीय क्षेत्र संरक्षण सम्बन्धी विधेयक २०७८, स्थानीय तह स्थायी कर्मचारी समायोजन सम्बन्धी विधेयक २०७८, व्यास नगरपालिका आर्थिक विधेयक २०७८, व्यास नगरपालिका विनियोजन विधेयक २०७८ ।
३५औं नगरपरिषदमा अनुमोदनार्थ पेश गरिने यी प्रस्तावहरु व्यास नगरपालिका कार्यपालिकाको असार सात गतेको बैठकले अनुमोदन गरी नगरसभामा निर्णयार्थ प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
कार्यपालिकाको असार सात गतेको बैठकले गरेका नौ निर्णय मध्ये बाँकी छ निर्णय समसायिमक निर्णय थिए ।
कार्यपालिकाले अघिल्लो बैठकको निर्णय र कार्यान्वयनको अवस्थाको बारेमा समिक्षा गरेको थियो । त्यसैगरी जेठ मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न नसक्ने सामुदायिक विद्यालयहरुमा श्रावण मसान्तभित्र नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रमुख जिम्मेवारीका साथमा नियमित कार्य सम्पन्न गर्न सहजीकरण गर्नका लागि पाँच सदस्यीय तदर्थ विद्यालय व्यवस्थापन समिति गठन गर्ने आधार सहित वडा समितिलाई अख्तियारी प्रदान गरेको छ ।
आधारः
वडाध्यक्ष वा निजले तोकेको प्रतिनिधि– संयोजक, विद्यालयको बरिष्ठ शिक्षक प्रतिनिधि– सदस्य, समितिले मनोनयन गरेको एक जना महिला सहित दुई जना अभिभावक– सदस्य, विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ ।
कार्यपालिकाले कोभिड–१९ नियन्त्रण सम्बन्धमा भएका कामको समिक्षा गर्दै अझ प्रभावकारी अभियान अगाडि बढाउने निर्णय पनि गरेको छ । ७७ घरपारिको घर निर्माणका लागि जिल्ला विपद व्यवस्थापन कोषमा जम्मा गर्नुपर्ने १५ प्रतिशतले हुन आउने रकम १५ लाख ५० हजार तीन किस्तामा जम्मा गर्ने निर्णय गरेको छ । साथै नवौं निर्णय समवेदनासंग सम्बन्धित छ ।
३५औं नगरसभाले आज पारीत गर्ने महत्वपूर्ण प्रस्तावहरु
previous post