
व्यास नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गरेका स्थानको अवलोकन भ्रमणका क्रममा सामूहिक तस्वीर खिचाउँदै सिद्धेश्वरी माध्यमिक विद्यायल व्यास–१२ का शिक्षक तथा विद्यार्थी । उनीहरुले तनहुँ कालिका मन्दिरका अतिरिक्त दुर्गा मन्दिर, मादी नदीमा निर्माणधिन पुल, बाल उद्यान, परासर आश्रम, सेती–मादी संगमस्थल, व्यायामशाला, व्यास गुफा, पञ्चमन्दिर लगाएको अवलोकन गरेका थिए । शिक्षक रोहिणीराज पौडेलका अनुसार विद्यार्थीहरुले व्यास नपाको कार्यपालिका भवनको समेत अवलोकन गरेका थिए । तस्वीरः सुस्मिता अधिकारी
