25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

केशवटारमा निशुल्क स्वास्थ्य शिविर

दमौली/तनहुँको व्यास १४ स्थित केशवटारमा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आरजे शाही फाउन्डेसनको आयोजना, व्यास नगरपालिका तथा वडा नं १४ को सहकार्य एवम् फिस्टेल हस्पिटल पोखराको सहयोगमा शनिवार निशुल्क शिविर सम्पन्न भएको छ ।

फिस्टेल हस्पिटल पोखराका अध्यक्ष हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला श्रेष्ठको नेतृत्वमा आएका विरोषज्ञ टोली हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.भोला, मुटु रोग सम्बन्धि डा.विश्व बराल, बाल रोग सम्बन्धि डा .दिलीप ओझा, महिला तथा स्त्रीरोग डा. पुर्णिामा गुरुङ, डा.एलिजा दुलाल, भुवन गिरि लगायतका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेको सो शिविरबाट केशवटार, कुलुङ्ग, ठिन, रामकोट लागयतका क्षेत्रका ३सय ३३ जना बिरामीहरु लाभान्वित भएका छन् ।
सोही अवसरमा ८० जनाको सुगर परिक्षण पनि गरि बिरामीलाई निशुल्क औषधी वितरण गरिएको थियो।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, व्यास १४का वडाध्यक्ष काजीमान श्रेष्ठ, फिष्टेल हस्पिटल पोखराका अध्यक्ष डा. भोला श्रेष्ठ लगायतले बोलेका थिए ।
शिविरमा उपस्थित सबैलाई स्वागत गर्दै डा.एलिजा दुलालले ग्रामीण तहको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने योजनाका साथ आरजे फाउन्डेसनको स्थापना भएको बताइन् ।

Related posts

मतदान केन्द्र

Deepak Joshi

काँग्रेस नेताहरुको राजीनामाको लहर

admin

आस्थाको केन्द्र गलेश्वर धाम

admin