दमौली/व्यास नगरपालिकाले विगत सात बर्षदेखि शहिदहरुप्रति सम्मान प्रकट गर्दै अल्ट्राम्याराथन सञ्चालन गर्दै आएको छ ।
यस बर्ष पनि सो दौडलाइ निरन्तरता दिने कुरा व्यास नगरपालिकाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
मुलुकमा प्रजातन्त्रको बहालीका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहिदहरुप्रति सम्मान प्रकट गर्न शहिद दिवसका अवसरमा व्यास नगरपालिका वडा नं. ९ स्थित पुलिमराङमा रहेको शहिद सम्मारक सम्मको ४४ किलोमिटर दुरीको दौड प्रतियोगिता आयोजना गरिने नगरपालिकाले बताएको छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतियलाई नगद पुरस्कार, पाँच जनालाई सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ ।
सातौं अल्ट्राम्याराथन
previous post