Tanahun Awaj
समाचार

सर्वपक्षिय अन्तर संवाद

म्याग्दे/म्याग्दे गाउँपालिकाको आथिृक वर्ष २०८१।०८२ को वजेट नीति तथा कार्यक्रम निर्माणका लागि सर्वदलिय सर्वपक्षिय अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।
वजेट निर्माणको पुर्व सन्ध्यामा पालिकाले पालिका भित्रका राजनैतिक दल, समाजसेवी, वुद्धिजीवि, सरोकारवाला निकाय, विभिन्न संघसंस्था सँग पालिकालाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने विषयमा सुझाव माग गरेको हो ।
सर्वपक्षिय सम्वाद कार्यक्रमको सहजीकरण पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारी गरेका थिए भने उनले पालिकामा आन्तरिक आम्दानीको श्रोत कम हुदै गएको, संघ र प्रदेशवाट आउने वजेटमा कटौती भएको सन्र्दभमा नागरिकको माग र आवश्यकतालाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने विषयमा सुझाव संकलन गर्न कार्यक्रम गरिएको वताए ।
कार्यक्रममा सहभागीहरुले वजेटमा कृषि र उत्पादनका विषयमा वजेट वनाउनुपर्ने, पालिकालाई पर्यटीय दृष्टिकोणले अगाडी वढाउनुपर्ने, पालिकालाई समृद्ध र सवल वनाउन सवै पक्ष लाग्नुपर्ने बताएका थिए ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तर सम्वाद कार्यक्रममा श्रेष्ठले वजेट निर्माण आम टोलवासी, वस्ती, वडा हुदै पालिका सम्मको चासोको विषय वनेको हुदाँ वजेट निर्माणमा आम जनताको न्युनतम आवश्यकतामा केन्द्रित रहने
वताए । पालिका जनताको साथ र सहयोग विना अगाडी वढ्न नसक्ने हुदाँ नागरिकको सरोकारको विषयमा पालिकाले विभिन्न चरणमा सुझाव लिईएको र उनले मेरो टोल, मेरो वडा हैन, हाम्रो पालिका भनेमा मात्र समृद्ध म्याग्दे वनाउन सकिने बताए ।

Related posts

व्यास नगरप्रमुखको पुनः मतगणना असार दुईमा, उच्च अदालतले गणनामा औंल्याएका सात त्रुटीहरु

admin

व्यास न.पा.लाई हम्मेहम्मे

admin

११औं स्मृति दिवसमा पुस्तक हस्तान्तरण

admin