Tanahun Awaj
समाचार

सर्‍यो वडा नं ३ कार्यालय

दमौली/तनहुँको व्यास नगरपालिका वडा नं ३ कार्यालय सरेको छ । नगरपालिकाले पुरानो भवन भत्काएर नयाँ बहूउद्देश्यीय भवन निर्माण गर्ने भएपछि निमचोक स्थित मैनादेवि अधिकारीको घरमा सरेको हो । मासिक २५ हजार भाडामा लिएर उक्त घरको पहिलो तल्लामा वडा कार्यालय सरेको वडा अध्यक्ष अनुप रानाले जानकारी दिए । वडा कार्यालय भवन निर्माणको लागि व्यास ३ स्थित देउरालीनगरमा जग्गा पाएको र तत्कालको लागि भाडामा लिएर कार्यालय सारिएको उनले बताए । उनले भने,“बिसघरे जाने बाटोमा हामीले जग्गा पाएका छौं, निर्माण सम्पन्न नभए सम्मको लागि भाडामा लिएर वडा कार्यालय संचालन गरेका छौं ।”वडा कार्यालयले २०७४ साल देखिनै भवनको समस्या झेल्दै आएको छ । २०७४ सालमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा रहेको भवनबाट सेवा प्रदान गदै आएको उक्त कार्यालय पछि नगरपालिकाको पुरानो भवनमा सरेको थियो । अहिले उक्त भवन भत्काउने भएपछि निमचोकमा सरेको हो ।

Related posts

राजनीतिक भूमरीमा फस्यो सत्यवती प्रअ प्रकरण

admin

राष्ट्रिय मिडियाको प्राथमिकतामा नपरेको दीन दुःखी सडकमा उत्रेको तेस्रो जनआन्दोलन

admin

प्राथमिक उपचार प्रशिक्षण सम्पन्न

admin