पृष्ठभूमि
हाम्रो नेपाली समाज वैदेशिक रोजगारप्रति निर्भर हुँदा नचाहँदा नचाहँदै पनि रुदै सम्बन्ध विच्छेद गर्नुपर्ने वाद्यतामा रहेको छ । सामाजिक लोकलाजलाई प्रवाह नगरी बच्चाका लागि सम्बन्ध कायम राख्ने परिवन्दको महसुस गर्न सक्ने अपवादमा मात्रै भेटिन्छन् । सम्बन्ध विच्छेदको अधिकार पुरुष र महिलालाई समान स्थापित हुँदै गर्दा सन्तानको भविष्य चिन्ताको विषय बन्दै गएको छ ।
संयुक्त रुपमा हेरचाह गर्नुपर्नेः
कानुनले प्रत्येक नावाललाई आमा बाबुले संयुक्त रुपमा हेरचाह, र स्याहार सम्भार गर्नुपर्ने निर्देशात्मक व्यवस्था कानुनले गरेको छ । हेरचाह र स्याहार सम्भारभित्र पालनपोषण, स्वास्थ्योपचार, शिक्षा, दीक्षा, खेलकूद, मनोरञ्जन तथा अन्य आवश्यक व्यवस्था गर्नुपर्नेछ भनिएको छ ।
नावालक कस्को जिम्मा ?
सम्बन्ध विच्छेद गर्न जति सजिलोसंग बच्चासंग टाढा हुन सकेको पाईदैन । अझ विशेष आमाका लागि अलि बढी कठिन भएको पाईन्छ । तर पनि कानुनले पाँच बर्षको नावालक आमाको जिम्मा भनेको छ । पाँच बर्ष माथि दश बर्ष नपुगेको नावालक बाबुको जिम्मा भनेको छ । दश बर्ष पुरा गरेको नावालकले इच्छाएको आमा वा बाबुसंग बस्न पाउने छ । सम्बन्ध विच्छेद भएका पतिपत्नीको सहमति भएकोमा सोही बमोजिम हुनेछ । आमा बाबु मध्ये कुनैको मृत्यू भएमा जिवित रहनेले बच्चाको जिम्मा लिनुपर्नेछ । तर आमाले दोस्रो विवाह गरी सकेको अवस्थामा भने पाँच बर्षमाथिको नावालककोे जिम्मा लिन आमालाई कर लाग्ने छैन ।
पालनपोषणको जिम्माः
जिम्मा लिने आमा वा बाबुले नै पालनपोषण गर्नुपर्ने कानुनी व्यवस्था छ । तर पालनपोषणको जिम्मा लिने आमा वा बाबु मध्ये जिम्मा नलिने आमा वा बाबुको आम्दानी बढी रहेछ भने आमा बाबुको सहमति बमोजिम पालन पोषणको व्यवस्था गर्नुपर्नेछ । सहमति हुन नसकेमा अदालतले तोकिदिए बमोजिम हुनेछ ।
भेटघाटको सुविधाः
कानुन बमोजिम वैवाहिक सम्बन्धको अन्त्य भएको अवस्थामा नावालक जिम्मा लिने बाबु वा आमाले जिम्मा नलिने बाबु वा आमालाई समय समयमा भेटघाट गर्न र संगसाथमा रहन बस्न दिनुपर्ने व्यवस्था गरेको छ । तर त्यसरी संगसाथमा रहँदा बस्दा भने नावालकको अधिकतम हितलाई विशेष ख्याल राखिएको छ । यस्तो अवस्थामा अदालतको आदेश बमोजिम हुनेछ । भेटघाटको अवधिको बारेमा सहमति नभएमा सम्बन्धित जिल्ला अदालतको आदेश बमोजिम हुनेछ ।
निष्कर्षः
सम्बन्ध विच्छेद भएको अवस्थामा नावालकको पालनपोषणको जिम्मा बाबुआमाले संयुक्त रुपमा निर्वाह गरेको कमै पाईन्छ । बाबुआमाको आर्थिक अवस्थालाई हेरेर भन्दा पनि बाबुको जिम्मा भन्ने निर्णायक बुझाईमा अब फरक आउनु पर्दछ । भेटघाटको सुविधा पनि सहज कार्यान्वयन हुनुपर्दछ ।
सम्बन्ध वि. पछि सन्तानको अवस्था
previous post