25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
Uncategorized

सम्बन्ध विच्छेदमा कारक तत्व विविध

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
हाम्रो नेपाली समाज पितृसत्तात्मक सामाजिक व्यवस्था हो । त्यो व्यवस्थाले बसालेको रीतिस्थिति परम्परा र संस्कारमा विश्वपरिवेश र नागरिक स्वतन्त्रताले प्रभाव पार्दा मेरो कर्ममा यस्तै लेखेको रहेछ भनेर अन्याय, थिचोमिचो सहेर बस्ने नेपाली महिलाहरुमा मानवीय स्वतन्त्रताको उपयोग गर्दै आत्मसम्मानका साथ बाच्न पाउने कानून राज्य निर्माण गरेपछि त्यो कानूनको कतिपय अवस्थामा सदुपयोग भएको छ । पछिल्ला दिनहरुमा दुरुपयोग भएका पनि थुप्रै उदाहरणहरु छन् । समग्रमा भन्दा विविध कारणले नेपाली समाजमा पनि सम्बन्ध विच्छेदका मुद्धाहरुको संख्या बढ्दो छ । सम्बन्ध विच्छेद हुनुको कारण भने धेरै छन् । अहिलेसम्मको अनुभवमा तपसिलका समेत धेरै कारणले सम्बन्ध विच्छेदका मुद्धाको संख्या बढाएको पाइएको छ ।

उमेर नपुग्दैको दाम्पत्य जीवनः
नेपालको कानूनले बीस बर्ष उमेर नपुगी विवाह गर्न हुँदैन भनेको छ । अझै पनि हाम्रो समाजमा १४ बर्षका केटी १६ बर्षका केटाहरु विवाह हुने गरेका उदाहरणहरु छन् । यो आल्लरे यौनउत्तेजनामा विवाह गर्ने, बालबच्चा पाउने अनि पछि जीवन बुझिसकेपछि विगतमा पछुताउँदै सम्बन्ध विच्छेद गर्ने गरेका उदाहरणहरु पाइएका छन् ।

वैदेशिक रोजगारः
नेपाली समाजमा सम्बन्ध विच्छेदका मुद्धा बढ्नुको अर्को महत्वपूर्ण कारण चाहि वैदेशिक रोजगारी भएको पाईएको छ । हाम्रो समाजमा अपवादमा बाहेक पति विदेशमा बसेर कमाउने, पतिको कमाईमा घरमा बसेकी पत्नि बाहिरफेर रमाउने गर्न थालेपछि पतिपत्निका बीचमा विश्वासको संकट पैदा हुन गै सम्बन्ध विच्छेद भएका वा पति विदेशमा गै कमाउने, घरमा आउँदा पत्नि र सम्पत्ति दुवै गुमाउने अवस्थाले पनि सम्बन्ध विच्छेदलाई बढाएको छ ।

अन्तरजातीय विवाहः
राज्यले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेको भएता पनि हाम्रो समाजमा अन्तरजातिय विवाहलाई उपल्लो जात र तल्लो जातको भावनाले लामो दाम्पत्य जीवन पछि पनि सम्बन्ध विच्छेद हुन पुगेका उदाहरणहरु पाईएका छन् । एउटै जातभित्र पनि माथिल्लो र तल्लो भन्ने भावना पाइएको छ । बाहुन जातमा पनि उपाध्य, जैसी, कुमाई, नयाँ जैसी र पुरानो जैसी को विभेद समाजबाट मेटिएको छैन । त्यसैगरी गुरुङ्ग, नेवार, मगर, थकाली लगाएतका थुप्रै जातभित्रै तल्लो र माथिल्लो छ । त्यसैगरी दलित समूहभित्र पनि गैरदलित र दलित जत्तिकै माथिल्लो र तल्लोको द्वन्द हाम्रो समाजबाट नहराएको कारण सम्बन्ध विच्छेदमा यस्तो भावना कारक तत्व भएर आएको छ ।

निष्कर्षः
सम्बन्ध विच्छेदले अधिकारको संरक्षण मात्रै गरेको छैन, उपहास पनि गराएको छ । मायाँ नमानिकन २० बर्ष उमेर नपुगि विवाह गर्नेलाई कानूनी कारवाही गर्नु पर्दछ । जीवन र समाज नबुझी २० बर्ष पुगेर मात्रै पनि विवाह गर्न हुँदैन ।

Related posts

कोरोना कहरसंगै सलह सन्त्रास

admin

एसइई –२०७६ को नतिजाले उब्जाएको प्रश्न

admin

पन्ध्र असार/आयातित चामल

admin