
दमौली/व्यास नगर पालिकाले आयोजना गर्दै आएको अल्ट्रा म्याराथन अन्तर्गतको छैटौं श्रृङ्खला सोमबार सम्पन्न भएको
छ ।
स्थानीय धावक मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको यस पटकको प्रतियोगितामा व्यास–७ का २६ वर्षिय धावक विशाल गुरुङले निर्धारित ४४ किमी दूरी ३ घण्टा २६ मानेटमा पार गरी प्रथम स्थान प्राप्त गरे । गुरुङले ६१ हजार नगद पुरस्कार ट्रफी र मेडल प्राप्त गरेका छन् ।
यसैगरी व्यास–५ मानहुँकोट देखि व्यास–८ पुलि मराङसम्मको उक्त दूरी तीन घण्टा ३६ मिनेटमा पार गरेर व्यास–६ का साहस पन्तले द्वितीय स्थान हासिल गर्दै नगद ५१ हजार ट्रफी र मेडल प्राप्त गरे ।
५७ धावक सहभागी रहेको प्रतियोगितामा आँबुखैरेनी –१ का सनम गुरुङ तृतीय भए । गुरुङले उक्त दूरी तीन घण्टा ३८ मिनेटमा पार गरेका थिए । उनले नगद ३८ हजार ट्रफी र मेडल प्राप्त गरे ।
प्रतियोगितामा व्यास–६ का प्रमिश गुरुङ, भानु–३ का रामबहादुर नेपाली तथा व्यास–१ का प्रविन थापा मगरले सान्त्वना स्थान प्राप्त गरे । उनीहरुले जनही नगद १२ हजार पाँचसय, ट्रफी र मेडल प्राप्त गरे ।
व्यास नगरपालिका वडा नं ५ को मानहुँकोटबाट प्रारम्भ भएको म्याराथन सिद्धमार्ग हुँदै दमौलीको भोर्लेटार चोक, व्यास मार्गको सत्रसय तथा कालिका मार्गको बानिया डिही हुँदै व्यास–८ स्थित सहिद पार्क पुलिमराङ पुगेर समाप्त भएको थियो ।
म्याराथनको पाँचौ श्रृङ्खलासम्म राष्ट्रिय धावक सहाभागी हुने व्यवस्था भएको भए पनि यस पटक स्थानीय धावक मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको थियो । यसअघि म्याराथनको सुभारम्भ गर्दै प्रमुख अतिथी पूर्व सभामुख रामचन्द्र पांैडेलले पर्यटन प्रवद्र्धनबाट रोजगारी सृजना हुने उल्लेख गर्दे देशको आर्थिक विकासका लागि सबै दलहरु एकताबद्ध भएर जानु पर्ने बताए ।
पर्यटकीय स्थल मानुहँकोट तथा ऐतिहासिक थलो पुलिमराङको विकास र प्रचारमा सहयोग पुगोस् भन्नका लागि नगपालिकाले हरेक वर्ष सहिद दिवसको अवसर पारेर अल्ट्रा नेपाम्याराथनको आयोजना गर्ने गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।