दमौली/व्यास नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको समन्वयमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक एर्व विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्बन्धमा सार्वजनिक सुनुवाई आयोजना गरेको थियो ।
सार्वजनिक सुनुवाईमा नगर प्रमुख बैकुण्ठ न्यौपाने, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख केदारप्रसाद आचार्य, उपप्रमुख इन्दिरा दरै, ंव्यास ७ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
व्यास–७ को वडा कार्यालयमा आयोजित सो सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी (डिपी) ले गरेका थिए ।
व्यासको सार्वजनिक सुनुवाई
previous post