33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

विवादास्पद निर्णयबाट पछि हट्यो व्यास

दमौली/वडा नं १० स्थित मंगलीगैह्रामा सरसफाई केन्द्र स्थापना गर्न जग्गा खरिद प्रक्रिया अगाडि बढाउने भदौं ७ को नगर कार्यपालिकाको निर्णयबाट व्यास नगर पालिका पछि हटेको छ ।
हिजो बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णयबाट पछि हट्ने निर्णय गरेको हो । निर्णयको पाँचौ बुँदामा भनिएको छ, भदौ ७ गते व्यास–१० मंगली गैह्रामा सरसफाई केन्द्र स्थापना गर्न जग्गा खरिद स्वीकृत प्रक्रिया अघि बढाउने निर्णय भएकोमा स्थानीयहरुको गुनासोका आधारमा सो जग्गा खरिद प्रक्रिया स्थगित गरी वैकल्पिक जग्गा खरिद प्रक्रिया अघि बढाउने निर्णय गरिन्छ ।
भदौ ७ को नगर कार्यपालिकाको निर्णय सार्वजनिक भएसंगै व्यास १० का स्थानीयले त्यसको विरोेध गरेका थिए । जग्गा दलालहरुको प्रभावमा परेर नगरकार्यपालिकाले उक्त निर्णय गरेको भन्दै स्थानीयले उक्त निर्णय अत्यन्त अविवेकी भएको बताएका थिए ।
व्यास नपाको हिजो बसेको कार्यपालिका वैठकले व्यास नगरपालिका अन्तर्गत टोल विकास संस्थाहरुबाट सञ्चालित लिफ्टिङ खानेपानी तथा सडक बत्तीको विद्युत महसुलको ५० प्रतिशत नपाले सम्बन्धित टोल विकास संस्थालाई अुनदान दिने निर्णय गरेको छ । कार्यपालिकाले नपाको मुख्य बजार क्षेत्र वडा नं १, २, ३, ४ का विद्युत लाईन तथा दुरसञ्चार सेवा प्रदायक संस्थाका तारहरुलाई भूमिगत गर्न सम्बन्धित संस्थाहरुलाई आग्रह गर्ने निर्णय समेत गरेको छ ।
पत्रकार स्वास्थ्य विमालाई निरन्तरता दिने, नपा भित्रका शैक्षिक वेरोजगार र वैदेशिक रोजगारबाट फर्केका युवा व्यवसायिलाई अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्णय पनि नगर कार्यपालिकाले गरेको छ । यसका साथै हिमालय आँखा अस्पताल पोखरासंगको सहकार्यमा व्यास नपा स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गर्ने निर्णय समेत हिजोका कार्यपालिका बैठकले गरेको छ ।

Related posts

तनहुँमा झण्डै साढेदुई लाख मतदाता महिला मतदाता १० हजारले बढी

admin

जोशीको उम्मेदवारी घोषणा

admin

हाम्रो रोजाई, राम्रो रोजाई- सम्पादकीय

admin