
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहूँ शाखाले समावेशी समुदाय निर्माणमा अपांगता भएका व्यक्तिहरूको शसक्तिकरण कार्यक्रमका लक्षित बर्ग र नेतृत्वलाई दुईदिने अधिवाचन तालिम बुधवारबाट शुरू गरेको छ ।
ऋषिं गाउँपालिका भित्रका आठओटा स्वावलम्बन समूहबाट २÷२ जनाका दरले १६ जना, सम्बद्ध उपशाखाबाट ३ जना, जिल्ला शाखाबाट तीन जना र सम्बद्ध पालिकाबाट दुईजना गरी २४ जनाको सहभागिता रहेको तालिमलाई दुईजना प्रशिक्षकले सहजीकरण गरिरहेका छन् । तालिमलाई रेडक्रस केन्द्रबाट खटिएका अनिता अधिकारी र झंक घलेले अनुगमन मूल्यांकन गरिरहेका छन् ।
उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि केन्द्रीय सदस्य प्रदीप घिमिरेले कार्यक्रमको उपलब्धिका आधारमा अबधी थपिने बताए ।
सभापति कृष्णहरि वाग्लेले मानव अधिकारको सिद्धान्त, अपांगता भएका व्यक्तिहरूको अधिकार सम्वन्धी महासन्धि र अपांगता भएका व्यक्तिहरूको अधिकार सम्वन्धी ऐन २०७४ समेतको चर्चा गर्दै तालिमले अपांगता भएका व्यक्तिहरूको क्षमता, सामथर््यको साथै अपांगता भएका व्यक्तिप्रति सकारात्मक धारणाको विकास गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमा सहभागि उपसभापति ऋषिराम पोख्रेल, मन्त्री चिनु पोखरेल, सदस्य सूर्यचन्द्र हड्खले समेतका वक्ताहरूले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।