म्याग्दे÷ गाँउपालिका वडा नं ७ को आयोजनामा सोमबार निशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा विरामी ज्येष्ठ नागरिकको रक्त परिक्षण, मुटुको परिक्षण, औषधी वितरण लगायतको निःशुल्क सेवा प्रदान गरिएको थियो ।
विशेषज्ञ डा.रामहरि दाहाल, विशेषज्ञ जनरल प्राक्टिस एण्ड ईमजेन्सी मेडिसिन प्रमुख, ईमजेन्सी विभाग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र डा, कृष्ण गिरीले निःशुल्क जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेका थिए ।
६० वर्ष भन्दा माथीका ९५ जना महिला र ८२ जना पुरुष गरि कुल एक सय ७७ जना नागरिकलाई स्वास्थ्य शिविरमा सेवा दिईएको वडा नं ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रक्त परिक्षण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो भने शिविरमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले समेत व्यवस्थापन पक्ष समेतको अवलोकन गर्नुभएको थियो ।
म्याग्देमा निःशुल्क स्वास्थ्य शिविर
previous post