फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सराह गिल्बर्टसंगै नेपालकी १८ वर्षिय चेली सपना रोका यस वर्षको संसारका सय प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी छन् । बेलायती समाचार संस्था बीबीसीको प्रभावशाली सय महिला सूचिमा पर्न सफल सपना कुनै सेलिबे्रटी होइनन् बरु काडमाण्डौको सडक र गल्लीमा भेटिने गरेका वेवारिसे शवहरुको व्यवस्थापनमा लाग्दै आएकी एक समान्य नागरिक हुन् । भखैरै कक्षा १२ को अध्ययन सकेर स्नातक तह पढ्ने तयारीमा रहेकी म्याग्दीकी रोका वेवारिसे शव व्यवस्थापन गर्दा आफुलाई आत्मसन्तुष्टि मिल्ने गरको बताउँछिन् । बेवारिसे शवहरुको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले हालसम्म उनले झण्डै २ सय ८० शवको व्यवस्थापनमा गरिसकेकी छन् ।
विभिन्न कारणले वेवारिसे हुन पुगेपनि जीवित रहँदा उ एउटा मानव थियो र उसको शवले संस्कार अनुसारको व्यवस्थापन पाउनु पर्छ भन्ने रोका सहरमा कोही वेवारिसे नहोस् भनेर आफुहरु लागि परेको
बताउँछिन् । सडकमा अलत्रप परेका शवहरु अस्पतालमा लगेर पोष्टमार्टम गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गर्ने काममा सपना निरन्तर खटिरहेकी छिन् ।
सपनासँगै विश्वका विभिन्न क्षेत्रमा कार्यरत अन्य महिलाहरु पनि सयजनाको सूचीमा परेका छन् ।
पाकिस्तानी अभिनेत्री माहिरा खान, बंगलादेशकी रिना अख्तर, भारतकी ८२ वर्षिय विल्किस वानो, भारतकै वातावरण अभियन्ता ९ वर्षिय बालिका रिदिमा पाण्डे समेत बीबीसीको सूचिमा छन् ।
बीबीसीले प्रत्येक वर्ष त्यस्ता प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूची प्रकाशित गर्दै आएको छ ।
म्याग्दीकी सपना प्रभावशाली सय महिलाको सूचिमा
previous post