भरतपुर महानगरपालिका दासढुंगामा रहेको एमालेका तत्कालिन महासचिव जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको अर्धकदको सालिक । २०५० साल जेठ ३ गते पोखराको पार्टी कार्यक्रम सकेर चितवन जाने क्रममा सोही स्थानमा भएको जीप दुर्घटनामा परेर नेताद्वयको निधन भएको थियो । मदन–आश्रितको दुर्घटनामा मृत्यु नभई हत्या भएको भन्दै एमालेले त्यतिबेला देशभर आन्दोलन गरेको थियो भने सडकका रेलिङ भत्काउने, टेलिफोन बुथ जलाउने काम समान्य जस्तै भएको थियो । त्यस पछिका दिनमा पटकपटक गरी झण्डै डेढ दशक एमाले सत्तामा पुग्यो तर आफुले भनेको हत्याकाण्डको खोजी भने गर्ने चासो देखाएन । यतिमात्र होइन मदनकी धर्मपत्नी विद्यादेवी भण्डारी दुइपटकसम्म राष्ट्र प्रमुख बनिन् तर उनले पनि आफ्ना पतिको हत्याराको खोजी गर्ने चासो देखाएकी छैनन् । तस्वीरः रमेश विकल
मदन–आश्रितको सालिक
previous post