साराङघाट/ देवघाट–३ स्थित भृकुटी माध्यमिक विद्यालयले आफ्नो ४३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस माघ २५ मा सम्पन्न गरेको छ ।
गाउँ पालिका उपाध्यक्ष विमला थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्न गाउँ पालिका सदा तत्पर रहेको बताईन् । शिक्षक हिरा सोतीका अनुसार सो अवसरमा विद्यालयका प्रधानाध्यापक तोपबहादुर कुँवरले १ करोड ४९ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण तथा विद्यालय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम तथा पिटी प्रदर्शन गरको कार्यक्रममा लामो समय विद्यालयमा अध्यापन गर्ने शिक्षकद्वय देवी सिग्देल र प्रकाश चन्द्र पोखरेललाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङको अध्यक्षतमा अयोजित कार्यक्रममा विद्यालयले आगामी शैक्षिक वर्षबाट कक्षा ११ को पढाई सञ्चालन गर्न सबै प्रक्रिया पुरा गरेर अनुमति माग गरिएको जानकारी गराईएको थियो । आफ्नो घर छेउको विद्यालयमा कक्षा ११ तथा १२ को पढाई सञ्चालन हुने खबरले उत्साहि भएका अभिभावकले नगद आर्थिक सहयोग गर्ने वचन दिएका शिक्षक सोतीले बताईन् शिक्षक शारदा रिमालले स्वागत गरको कार्यक्रमको सञ्चालन शिक्षक देवराज योगीले गरेका थिए ।