कमलबारी/रुम टु रिडको बालिका शिक्षा कार्यक्रम अन्तर्गत सिद्धेश्वरी माविका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
संस्थाकी सामाजिक परिचालक अनिता भण्डारीका अनुसार विद्यालयका कक्षा ६ देखि ९ सम्म अध्ययनरत ७ बालिकालाई उक्त सामग्री वितरण गरिएको हो । विद्यालयमा बुधबार आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्दे परिचालक भण्डारीले बालिकाहरुको घर धुरी सर्वेक्षणमा देखिएको आर्थिक तथा पारिवारिक अवस्थाको आधारमा दुई भागमा विभाजन गरी शैक्षिक सामग्री र विद्यालय पोशाक तथा विद्यालयलाई तिर्नुपर्ने शुल्कहरु संस्थाले प्रदान गरेको जानकारी गराईन् ।
भण्डारीका अनुसार क वर्गमा परेका बालिकाको विद्यालयलाई तिर्नुपर्ने वर्ष भरीको सम्पूर्ण शुल्क संस्थाले तिर्ने तथा विद्यालय पोशाक, आवश्यक शैक्षिक समाग्री र पोशाकको व्यवस्था गर्ने गरेको छ भने ख वर्गमा परेका बालिकाको शुल्कको ६० प्रतिशत संस्थाले व्यहोर्ने तथा शैक्षिक सामग्री प्रदान गर्ने गरेको छ ।
संस्थाले तनहुँका विभिन्न ५ स्थानीय तहका १२ विद्यालयका एकहजार १३ बालिकाहरुलाई जीवन उपयोगी सिप सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । यसैगरी म्याग्देका ४, भानुको १, रिसिङको १, बन्दिपुरको १ तथा व्यासका ५ विद्यालयका बालिकाहरुलाई शुल्क, शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गर्दै आएको छ ।
बालिका शिक्षाद्वारा शैक्षिक सामग्री सहयोग
previous post