दमौली/नेपाल बार एशोसियशन तनहुँ बार इकाइको २१औं अधिवेशनले अध्यक्षमा अधिवक्ता सरीता थापा भण्डारीलाइ चयन गरेको छ ।
जेठ २ गतेको अधिवेशनमा सहमति जुट्न नसकेपछि जेठ ९ गते आव्हान गरिएको मनोनय दर्ता पछि सहमतिका आधारमा तनहुँ बारको अध्यक्षमा सरीता थापा भण्डारीको चयन भएको हो ।

सहमतिको आधारमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा विष्णुभक्त सिग्देल सचिवमा माधव घिमिरे र कोषाध्यक्षमा विष्णु हड्खले चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा डम्बरदेव हड्खले, शिवदत्त ढकाल, केशब भट्टराइ, हरिश्चन्द्र अर्याल, इन्द्रकुमारी थापा, अमृतबहादुर नेपाली, हरिमान श्रेष्ठ, शिवराज काफ्ले र रविन्द्र बाराकोटीलाइ चयन गरिएको छ । अधिवेशनले केन्द्रिय पार्षदमा कृष्णहरि वाग्ले, भानुभक्त सुवेदी, चन्द्रकान्त वाग्लेलाइ चयन गरेको छ । मानव अधिकार तथा जनसरोकार समितिको संयोजकमा विमल गिरी र सदस्यहरुमा त्रैलोक्य वाग्ले र शरणहरि पन्थलाइ चयन गरेको छ ।