दमौली/व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपाने र जापानका काउन्सिलर तथा डेपुटी हेड अफ मिसन टाकाहिरो तमुराबीच बुधबार विशेष भेटवार्ता सम्पन्न भएको छ ।
नगरपालिकाका अनुसार उक्त भेटमा नगरको सरसफाई केन्द्र, हाल निर्माणाधीन माथिल्लो सेती तनहुँ जलविद्युत आयोजना, र तल्लो सेती तनहुँ जलविद्युत आयोजनाबारे छलफल भएको थियो ।
भेटका अवसरमा काउन्सिलर तमुराले माथिल्लो सेती तनहुँ जलविद्युत आयोजनालाई सन् २०२७ सम्म सम्पन्न गर्ने विषयमा चासो व्यक्त गर्दै यसका लागि नगरपालिकाको सहयोगको अपेक्षा राखिएको बताए । उनले तल्लो सेती तनहुँ जलविद्युत आयोजनाको सन्दर्भमा जापानी सरकारको लगानीको सम्भावना सकारात्मक हुने समेत उल्लेख
गरे ।
जवाफमा नगर प्रमुख न्यौपानेले आफूहरू सधैंभरि विकासका लागि सकारात्मक रहेको र समयमा नै तनहुँ जलविद्युत आयोजना सम्पन्न गर्न आफ्नो क्षेत्रबाट आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए । न्यौपानले तल्लो सेती जलविद्युत आयोजनाको निर्माण कार्य छिटोभन्दा छिटो सुरु गर्नु आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई छिटो सञ्चालनमा ल्याउन टाकाहिरो तमुराको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।
भेटपछि तुमराले नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाई सूक्ष्म वर्गीकरणको अस्थायी स्थानको निरीक्षण गर्नुका साथै कार्यन्वयमा रहेको प्रभाकारिताको प्रसंशा गरे । न्यौपाने–तुमारा भेटले तनहुँमा ऊर्जा उत्पादन, सरसफाई, र वातावरणीय संरक्षण प्रयासहरूमा थप अवसर र प्रगतिको सम्भावना निम्त्याउने विश्वास गरिएको छ ।