पृष्ठभूमिः
अदालतनबाट सम्पादन हुने न्याय कार्यान्वयन हुन सक्यो भने पछिल्ला न्यायका उपभोक्ता आशावादी हुँदैजान्छन् । अदालतबाट सम्पादन हुने न्याय कार्यान्वयन हुन सकेन भने न्यायका उपभोक्तामा अदालतप्रतिको आशा र भरोसामा ह्रास आउँछ । न्यायका उपभोक्तामा यो विश्वास र भरोसा जगाउन न्यायका उपभोक्ताले थाहा पाउने, बुझ्ने गरी न्यायकर्मिहरुमा पेशाप्रतिको इमानदारीता देखिनु पर्दछ ।
न्यायकर्मिः
न्यायकर्मि भन्दा आमधारणा न्यायाधीश भन्ने बनेको छ । न्यायाधीश पनि न्यायकर्मि त हो । तर न्यायाधीशलाई न्यायमूर्ति भनेर बुझाउँदा न्यायकर्मि भनेका कानुन व्यवसायी, कर्मचारी, वारीसलाई समेत न्यायकर्मिको रुपमा लिनुपर्ने हुन्छ । किनभने न्याय सम्पादनमा सबैको अंशअंश भूमिका हुन्छ । उनिहरुको भूमिकाले न्याय कार्यान्वयन हुने वा अलपत्र पर्ने अवस्था आउँदछ ।
कानुन व्यवसायीको भूमिकाः
कानुन व्यवसायीले लिखत मस्यौदा गर्दा हतार नगरी प्रतिपक्षले उठाउन सक्ने तर्कहरुलाई समेत आफ्नै पक्षबाट खोतलेर मस्यौदा गर्नुपर्ने हुन्छ । रोक्का राख्न पर्ने सम्पत्तिहरु मुद्दा दायर गर्दाकै समयमा रोक्का राखि सक्नु पर्दछ । साथै हरेक तारीखमा के भयो, हरेक आदेश के भयो ? मुद्धा कता मोडिन थाल्यो चनाखो भै राख्नु पर्दछ ।
मुद्धाको पक्षको भूमिकाः
मुद्धाको पक्षले मुद्धाका प्रत्येक तारीखमा फाँटवालाले के भन्यो, अदालत प्रशासनले के भन्यो, आदेश के भयो ? आफ्नो कानुन व्यवसायीलाई टिपोट गराउनु पर्दछ । प्रत्येक तारीख के कामका लागि तोकिएको हो, फाँटवाालबाट जानकारी लिनु पर्दछ । तारीख पर्चामा लेखाउनु पर्दछ ।
कर्मचारीः
अदालतका कर्मचारीले मुद्धा वोकाहाको काम गर्नु हुँदैन । मुद्धा हेर्ने वकिलको सिफारिस गर्नुहुँदैन । गर्नैपरे आफूलाई फाईदा हुने प्रलोभनमा सिफारिस गर्नु
हुँदैन । निमुखो सोझो मुद्धाको पक्षलाई अल्मल्याउने, भ्रममा पार्ने, छट्टु पक्षसंग सौदावाजीमा मिलेमोत गर्ने, बयान, बकपत्र, अभिलेखनमा प्रभावित हुने गर्नु हुँदैन । फैसला कार्यान्वयनमा प्रभाव पार्ने, न्यायलाई प्रभावित पार्ने गरी सिकायत गर्नु हुँदैन । न्याय मर्दछ ।
वारीसको भूमिकाः
आफ्नो विरोधी पक्षलाई फाईदा पुग्ने गरी सौदावाजी गर्न हुँदैन । वारीसको धर्म निर्वाह गर्नुपर्दछ । आफ्नो पक्षको सल्लाह बमोजिमको काम मात्र गर्नुपर्दछ । आफ्नो पक्षलाई नोक्सान र विपक्षलाई फाईदा हुने सल्लाह पक्षलाई दिनु हुँदैन ।
न्यायमूर्तिः
कानुन व्यवसायी, कर्मचारी, वारीस सबैले आफ्नो कर्तब्य इमानदारीता पूर्वक निर्वाह गरेर मिसल तयार भएमा न्यायमूर्तिले प्रदान गर्ने न्यायमा फरक पर्न सक्दैन । न्यायमूर्तिहरु सहकर्मि न्यायाधीश र माथिल्लो तहको न्यायाधीशको बचन राख्ने नाउँमा न्याय प्रभावित पार्न हुँदैन ।
निष्कर्षः
आदेश, मिलापत्र, फैसलाको कार्यान्वयनप्रति पक्ष, वारीस, वकिल, कर्मचारी र न्यायाधीश हरपल इमानदार र संवेदनशिल हुन सके न्यायप्रति न्यायको उपभोक्ताको आशा र भरोसा जगाउन सकिन्छ ।
न्यायीक यात्रा आशावादी बनाउँ
previous post