दमौली/व्यास नगरपालिका भित्रका तीन सडकको स्तरोन्नतिका लागि ७५ करोडभन्दा बढी खर्च हुने भएको छ । नेपाल सरकार र विश्व बैंक बीच सम्झौता भए अनुसार घाँसीकुवा, फराकचौर, माझफाँट, कलेस्ती हुँदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनिटार, चिन्तुटार, मादीवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार कुलुङ, छाब्दी, कर्लुङ, हुँदै छिर्कने निस्कने मार्गलाई स्तरीकरण गर्ने कार्यक्रम रहेको छ । नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा नेपाल सरकार र विश्व बैंक बीच सम्झौता भएपछि यो कार्यक्रम अगाडि बढेको हो । तनहुँमा यो कार्यक्रम सञ्चालन गर्नका लागि व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख बैकुण्ठ न्यौपाने र नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको तर्फबाट प्रमुख नवराज प्याकूरेलले सुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
तीन सडकका लागि पचहत्तर करोड
previous post