दमौली/नेकपा एमालेले आसन्न दशौं महाधिवेशनका लागि तनहुँबाट महाधिवेशन प्रतिनिधिको सर्वसम्मत छनौट गरेको छ ।
दुइ निर्वाचन क्षेत्र रहेको तनहँुबाट महाधिवेशनमा १३ प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था भए बमोजिम क्षेत्र नं १ बाट पाँच जना र क्षेत्र नं २ बाट ८ जना गरी कूल १३ प्रतिनिधि छनौट भएका हुन् ।
निर्वाचन अधिकृत शिवदत्त ढकालका अनुसार महाधिवेशन प्रतिनिधिका लागि ४३ जनाको उम्मेदवारी परेकोमा शनिबार सर्वसम्मत रुपमा १३ जनाको छनौट गरिएको हो ।
प्राप्त जानकारी अनुसार क्षेत्र नं १ बाट खुल्ला तर्फ इन्द्रबहादुर कुँवर, हरिराज कंडेल, बाबुराम अधिकारी, कलावती ढकाल खुल्ला तर्फका महाधिवेशन प्रतिनिधि चयन भएका छन् भने महिला तर्फ राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ भगवती न्यौपाने चयन भएकी छन् ।
यसैगरी क्षेत्र नं २ बाट खुल्ला तर्फ केदार सिग्देल, रामचन्द्र उपाध्याय, धर्मराज खनाल, विष्णुभक्त सिग्देल, श्रीप्रसाद श्रेष्ठ चयन भएका छन् । महिला तर्फ सविता रसाईली र राधा महत चयन भएका टन् भने दलित तर्फ बाबुराम सुनार चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधि चयन गर्न नेता एकबहादुर रानाको संयोजकत्वमा तीन सदस्य रहेको कार्यदल निर्माण गरिएको थियो ।
तनहुँ एमालेले छान्यो महाधिवेशन प्रतिनिधि
previous post