33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

अल्ट्रा म्याराथनलाई सहभागी आह्वान

दमौली/‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरपालिकाको अभियान’ भन्ने नारासहित व्यास नगरपालिका तनहुँले व्यास नगर अल्ट्रा म्याराथन–२०८२ आयोजना गर्ने भएको छ । हरेक वर्ष जस्तै यो वर्षपनि शहिद दिवसको अवसर पारेर नगरपालिकाले माघ १६ गते म्याराथन आयोजना गर्ने भएको छ । व्यास नगरपालिकाले देशभरका इच्छुक नेपाली नागरिकलाई सहभागिताको लागि आह्वान गरेको छ ।

कुल ४४ किमि दुरी भएको म्याराथनको प्रारम्भ व्यास–५, मानहुँकोटबाट हुनेछ । दौड मानहुँकोट सिद्ध मार्ग हुँदै, अलैचे, चापाघाट, पृथ्वीराजमार्ग, दुर्गा मन्दिर, अनसन चौतारी, सफासडक, भोर्लेटारचोक, व्यास मार्ग हुँदै बेरेनी, कुमालटारी, दुम्सी, खहरे, कलेस्ती, बोटेटार, पाथ्रा, सत्रसय, पाताल, शहिद कालिका मार्ग, बानियाँडिहि, बर्लाची, सोतीबेसी, वडा कार्यालय रिस्ती, बाहुनपोखरा, गडापानी पुलिमराङ पार गर्दै व्यास–८ स्थित शहिद स्मारक पार्कमा समापन हुनेछ ।
नाम दर्ता फाराम भर्ने अन्तिम मिति २०८२/१०/१५ गते दिउँसो २ः०० बजेसम्म तोकिएको छ । फाराम www.vyasmun.gov.np बाट डाउनलोड गर्न सकिनेछ र भरेर [email protected] मा पठाउन सकिनेछ । फारामसँग पासपोर्ट साइज फोटो र नागरिकता वा जन्मदर्ताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । दर्ता शुल्क रु. ३०० निर्धारण गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु. ८५,०८२, द्वितीय पुरस्कार रु. ६५,०८२, तृतीय पुरस्कार रु. ५५,०८२ र पाँच जनालाई सान्त्वना पुरस्कार जनही रु. १६,०८२ प्रदान गरिने आयोजक व्यास नगरपालिकाले जनाएको छ

Related posts

गाउँगाउँमा फस्टाएको चटपट व्यापार

admin

महिनौ सडक अवरुद्ध

admin

आयो नुन स्वास्थ्यलाइ हानिकारक

admin