दमौली/तनहुँ उद्योग वाणिज्य संघको जेठ २५ गते विशेष बैठकको आव्हान गरेर महत्वपूर्ण छ निर्णय गरेको जनाएको छ ।
तनहुँ उद्योग वाणिज्य संघका कार्यसमिति, सल्लाहकारहरू, संघ अन्तर्गतका सम्पूर्ण बजार इकाई समिति र महिला उद्यमी विकास समितिका पदाधिकारीहरू एवं तनहुँ उद्योग वाणिज्य संघमा आवद्ध भएका वस्तुगत संघका अध्यक्ष÷प्रतिनिधिहरू बीच विशेष संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकमा स्थानीय निकायले लिने व्यवसाय कर, हालको विषम परिस्थितिमा बैकिङ्ग उच्च ब्याजदर तथा वित्तीय समस्या सम्बन्धमा, विभिन्न आयकर तथा नीति सम्बन्धमा, होटल व्यवसायीहरूका लागि साँझको समयमा निर्धारण गरिएको समय तथा पृथ्वी राजमार्ग विस्तारका क्रममा उड्ने धुँवा धुलोले व्यवसायीहरूलाई पर्न गएको अप्ठेरो अवस्थामा सम्बन्धि वृहत छलफल संघले जनाएको छ ।
वस्तुगत मूल्याङकन वर्गिकरण र व्यवसायको आधारमा जिल्ला भरिनै एकरूपता कायम व्यवसाय कर लिन अनुरोध गर्दै करको दर वृद्धि नगर्न र तिर्दै आएको रकम नै कायम गरि उठेको व्यवसाय करको २० प्रतिशत रकम संघ मार्फत उद्योग, व्यापार, पर्यटन, प्रवद्र्धन र सामाजिक विकासका खर्च गर्ने व्यवस्था मिलाउन आव्हान गरेको छ । दोस्रो निर्णयमा नयाँ तथा पुरानो कर्जाहरूमा ब्याजदर उच्च रहेकोले २% मात्र प्रिमियम थप गरि ब्याजदर कायम गर्नका लागि सम्पूर्ण वित्तीय संस्थाहरूलाई तउवा संघले ध्यानाकर्षण गराएको छ । धितो लिलामीको सट्टा आंसिक फुकवा गरी सहयोगि नीति लिन आव्हान गर्दै अन्यथा लिलामी गर्ने कार्यमा सहभागी नभई व्यवसायिक एकता र साझा हितमा आफूलाई अडिक रहने निर्णय गरेको छ । त्यसै गरी तेस्रो निर्णयमा धितो लिलाम कार्यलाई तत्काल रोक्न र चालु पूँजी कर्जा निर्देशिका खारेजी गर्न राष्ट्र बैंकसंग अनुरोध गरेको छ । यसै बीच संघले आयकर तथा बैंकिङ्ग नीति सम्बन्धि विशेष भेला गरी उद्योगी, व्यवसायीहरूको समसामहिक समस्याहरू उपर छलफल गरि समस्या समाधान निष्कर्षका लागि वृहत भेलाको आयोजना गर्ने निर्णय गरेको छ । पाँचौं निर्णय अनुसार होटल व्यवसायीहरूको हकहितको उचित संरक्षणका लागि जिल्ला प्रशासनसंग अनुरोध गर्ने निर्णय गरेको छ । अन्तिममा पृथ्वी राजमार्गमा विस्तारका क्रममा उड्ने धुँवा धुलोको उचित व्यवस्थापन गर्नका लागि पहल जिल्ला प्रशासन कार्यालय तनहुँ तथा राजमार्ग विस्तारको जिम्मेवारी पाएको कम्पनीसंग अनुरोध गर्ने समेत तनहुँ उद्योग वाणिज्य संघको विस्तारित बैठकले निर्णय गरेको छ ।
तनहुँ उद्योग बाणिज्य संघका छ निर्णय
previous post