ऋषिङ/जापानी विद्यार्थीहरुको समूह लक्की ग्रुपले पद्मज्योति आधारभूत विद्यालय ऋषिङ–४ सिरकोटलाई विभिन्न शैक्षिक सामग्रि प्रदान गरेका छन् । विहिबार विद्यालयमा अयोजित एक कार्यक्रममा उनीहरुले उक्त सामग्रि हस्तान्तरण गरेका हुन् ।
शिक्षक राजकुमार श्रेष्ठका अनुसार दुइथान ल्यापटप, ८ थान डेस्कटप कम्प्युटर, एक थान प्रोजेक्टर, एक थान स्मार्ट टेलिभिजन, ८ थान ह्वाइट बोर्ड, एक थान फिल्टर प्रदान गरेका हुन् । यसका साथै कम्प्युटर किवोडै ४ थान तथा भलिबल ४ वटा र वोर्ड मार्कर १० वटा प्रदान गरेका हुन् ।
शैक्षिक सामग्रि बुझ्दै विद्यालयका प्रधानाध्यापक नारायण रानाभाटले प्राप्त सामग्रिको सहि उपयोग मार्फत विद्यार्थीलाई आधुनिक शिक्षा प्रदान गर्ने बताए । विद्यालय व्यवास्थापन समितिका अध्यक्ष मनबहादुर आलेको अध्यक्षतामा अयोजित कार्यक्रममा जापानी पाहुना विद्यार्थी तथा अभिभावकलाई शिक्षक राजकुमार श्रेष्ठले स्वागत गरेका थिए भने शिक्षक उमेश पुरीले सञ्चालन गरेका थिए ।
सो अवसरमा सिकाई क्रियाकलाप सम्बन्धि अन्तरक्रिया गरिनुका साथै विभिन्न नुत्य प्रस्तुत गरी विद्यार्थीले जापानी पाहुनाको स्वागत गरेका थिए । यसैबीच जापानी विद्यार्थीको उक्त समूहले ऋषिङ ५ स्थित महेन्द्रोदय माध्यमिक विद्यालयमा चारकोठे भवन निर्माण सम्मन्न गरेका छन् । शुक्रबार विद्यालय आइपुगेका उनीहरुले आफ्नो सहयोगमा निर्मित विद्यालय भवनमा आफै रंग रोगन गरेका थिए । हरेक वर्ष विद्यालयलाई विभिन्न सहयोग गर्दै आएका उनिहरुले आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका शिक्षक पुष्पा थापाले बताईन् ।