33.4 C
Damauli
September 21, 2026
Tanahun Awaj
Uncategorized

पहिलो दिन एक सय चारलाई कोभिड खोप

दमौली/तनहुँमा कोभिडविरुद्ध भ्याक्सिन अभियान पहिलो दिन एक चारलाई सो भ्याक्सिन दिइएको छ । स्वास्थ्य कार्यालय तनहुँले दमौली अस्पतालमा केन्द्र राखेर खोप अभियान थालेको हो । अभियानको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शुरुआत गरे ।
पहिलो दिन व्यास न.पा.का ६९ जना, म्याग्दे गापाका १९ जना र ऋषिङ गा.पा.का १६ जना गरी कूल एक सय चारजनालाई सो खोप लगाइएको थियो । स्वास्थ्य कार्यालय अन्तर्गत थप्रेकमा कार्यरत वीरेन्द्रकुमार चौधरीबाट अभियान थालिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । माघ १९ सम्म झण्डै १७ सयलाई खोप लगाउने तयारी गरिएको छ । हालसम्म १६ सय ७९ को नाम खोपका लागि संकलन गरिएको छ । अग्र पंक्तिमा खटिएका सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा अन्य अग्रपंतिका सेवा प्रदायकलाई खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

Related posts

व्यास नपाको चौथो नगर सभा सम्पन्न

admin

दुर्गन्धित सरकारबाट के अपेक्षा गर्ने ?

admin

कुन तीज रमाइलो उहिलेको कि अहिलेको

admin