घर जहाँ कोही एक रात वास बसेनः २०७२ को भूकम्पबाट प्रभावित भन्दै पुनः निर्माणका लागि सरकारले उपलब्ध गराएको रकमबाट ऋषिङ गाउँपालिका–५ मा बनाइएको घर । यो घरमा घर धनी एक रात पनि ओत लागेनन् । भूकम्प पछिको पुनःनिर्माणमा पुहँच वालाले गरेको सरकारी अुनदानको दुरुपयोगको विदु्रप तस्वीर बनेर उभिएको यो घर त एउटा उदाहरण मात्रै हो । देशभर यस्ता हजारौं घरहरु छन्, जहाँ घर धनीले एकरात ओत लागेका छैनन् र झाडीको बिचमा वेवारिसे बनेर उभिएका छन् । कतिपय वास्तविक पिडित भने पहुँचको अभावमा घर बनाउने रकम नापाउँदा स्याउलाको छानोमा चिमको बार लागाएर वस्न बाध्य छन् । तस्विरः रमेश विकल