दमौली/व्यास नगरपालिका वडा नं.३ मा निर्माणाधीन किरियापुत्री भवनका लागि आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले परिवारले २५ हजार रुपयाँ भन्दा आर्थिक सहयोग गरेको भवन निर्माण समितिले जनाएको छ । भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई उक्त रकम वरिष्ठ अधिवक्ता वाग्ले र उनकी पत्नि बत्तीमाया वाग्लेले बुधबार हस्तान्तरण गरेका हुन् ।
सामाजिक संस्कारको लागि अति आवश्यक रहेको भवनका लागि सहयोग गर्न पाउँदा खुशी लागेको वरिष्ठ अधिवक्ता वाग्लेले बताए ।
समितिका अध्यक्ष लम्सालले भवन निर्माणका लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै भवन निर्माणका प्राप्त सहयोगबाट हौसला मिलेको बताए ।