25.8 C
Damauli
September 22, 2026
Tanahun Awaj
Uncategorized

कानूनी राजमा जाहेरी दर्ता र विपरित बकपत्र

ऋषिराम पोख्रेल
अधिवक्ता

पृष्ठभूमिः
कानूनी राजमा साँचो अपराधको जाहेरी आएको हुन्छ भन्ने विश्वास गरिन्छ । जाहेरी दर्ता भएर अनुसन्धान भै अभियोग दर्ता भएपछि जाहेरी र अभियोग पत्रलाई झुटो सावित गर्ने विपरित वकपत्र गर्ने अवस्था आउँदैन । कानून बमोजिम फैसला हुन्छ । विपरित वकपत्र(होस्टाइल) नै सफाई पाउने आधार बन्दैन । हामीले गरेको विश्वास यही हो । यही विश्वासमा अदालत र न्यायाधीशप्रति हामीले सम्मान गर्दछौं । अनादर गर्दैनौं । अदालत र न्यायाधीशको अवहेलना मुद्धाको सजाय भोग्न तयार हुन्छौं ।

हाम्रो अभ्यासः
हामीले जाहेरी पर्दा पनि जाहेरी दर्ता नगरी अल्मल्याउने अभ्यास पनि गरेका छौं । परमादेश जारी हुँदासमेत जाहेरी दर्ता गरी कारवाही अगाडी बढाउन जाहेरवालाको निवेदन पर्दा समेत हामीले अल्मल्याउने अभ्यास गरेका छौं । जाहेरी नै नपरी अरोपीका नाउँमा मान्छे पक्राउ गर्ने गरेका छौं । किटानी जाहेरी दर्ता गर्न चाहेकाहरुलाई प्रशासनिक पहूँच र भनसुनका आधारमा हतोत्साही तुल्याउने अभ्यास पनि गरेका छौं । किटानी जाहेरी हाल्न नचाहेकाहरुलाई पनि किटानी जाहेरी हाल्नका लागि मनौवैज्ञानिक, सामाजिक, पारिवारकि र अन्त्यमा प्रशासन दवाव समेत दिने अभ्यास गरेका थुप्रै उदाहरणहरु छन् । त्यति मात्रै होइन फैसला गर्दा समेत जिल्लाको एउटा, पुनरावेदनको अर्को र सर्वोच्चको झनै अर्को हुने दुनियामा उपहासको क्षेत्र बनाउने अभ्यास पनि हामीले गरेका छौं ।

कानूनको शासनको उपहासः
कानूनी राजको वकालत गर्नेहरु, कानूनको शासनको प्रत्याभूति दिलाउने कर्तव्य र दायित्व सम्हालेकाहरु सबै आज कानूनको शासनको उपहास गर्न प्रयोग भएका छौं । आफूलाई पर्दा कानून र न्यायका कुरा नगर्ने, अरुलाई पर्दा कानून र न्यायका कुरा गरेर सजायको माग गर्ने हाम्रो मानव संस्कार बन्दै गएको छ । हाम्रो मत्य न्याय प्रणाली प्रेम वा आक्रषणले हामीले कूल गरेको कानूनको शासनको उपहास गरेको छ । निमुखाहरुका लागि अनुसान अवधिमा उज्यालो र अक्सिजन समेत प्रयाप्त प्रवेश नपाउने कोठामा थुनियर पानी भर्न, सरसफाई गर्न समेतका काम गर्नुपर्ने, अदालत जाँदा न्यायाधीशले देख्दा बाहेक हतकडी लगाउनु पर्ने, पहूँच भएकाहरुका लागि अस्पतालको बेडमा सम्मान बस्न पाउने, हतकडी लगाउनु नपर्ने अनुसन्धान पद्धतिलाई कानूनी राजको अनुसन्धान पद्धति मान्न सकिदैन । पहूँचकै भरमा हतकडी लगाउनु नपर्ने, अस्पतालको बेडमा बस्ने सुविधा प्रदान गर्ने शासकीय रवाफले मत्स्य न्यायको संरक्षण गरिराखेको छ ।

कारवाही हुनुपर्दछः
जाहेरी दर्ता नगरेर हतोत्साही तुल्याउने अनुसन्धान अधिकारीलाई कारवाही हुनु पर्दछ । झुटो जाहेरी मस्यौदा गर्ने कानून व्यवसायी र दर्ता गराउने जाहेरवाला दुवैलाई कानून बमोजिम सजाय हुनुपर्दछ । विपरित वकपत्रबाट अभियुक्तले सजाय पाउने गरी कानूनमा भएको व्यवस्था छ ।

निष्कर्षः
कानून बमोजिम जाहेरी दर्ता हुनु पर्दछ । कानून बमोजिम अनुसन्धान र न्याय सम्पादन हुनुपर्दछ । हामीले न्यायको संघीय लोकतान्त्रिक गणतन्त्रको न्यायपालिका पञ्चायतकालको भन्दा भन्दा आलोच्य भएको छ । न्यायपालिकाले अदालतको अवहेलनामा कारवाही गर्ने सामथ्र्य गुमाउँदै गएको छ । न्यायपालिकामा दलगत कार्यकर्ताको भर्तिले कानूनको शासनको उपहास भएको छ ।

Related posts

दोषीलाई कारवाहीको माग

admin

सहमतिमा पार्टी संरचना निर्माण गर्दै कांग्रेस

admin

बुटवल बबन्डर कांग्रेस आदर्शको क्षयिकरण

admin