दमौली/बुधबारबाट दमौलीमा इही विवाह अर्थात वेल विवाह शुरु भएको छ । यो कार्यक्रम माघ ११ गतेसम्म रहने आयोजकले जनाएको छ ।
सामूहिक ईही (वेल विवाह) कार्यक्रम २०७० सालदेखि निरन्तर सञ्चालन गर्दे आएको नेवाः देय दवु गुठी समन्वय समितीका अध्यक्ष सन्तलाल श्रेष्ठले वताए । नेवाः देय दवू गुठी समन्वय समितीको आयोजनामा तनहुँको दमौलीमा ईही (वेल विवाह) कार्यक्रम शुरु भएको हो । नेवारी संस्कृति र परम्परा अनुसार गरिने वेल विवाह कार्यक्रम नेवारी पण्डित लाल प्रसाद प्रधान र वावुकुमार श्रेष्ठले गर्ने आयोजकले बताएको छ । १६ जना नेवारी किशोरीहरु को (५ वर्ष देखि ११ वर्ष सम्म) ईही (वेल विवाह) हुने समितीका उपाध्यक्ष शंकरकुमार श्रेष्ठले वताए । नेवारी परम्परा भित्र रजस्वला हुनभन्दा अगाडी नै ईही (वेल विवाह) गरिने परम्परा रहेको छ ।
ईही विवाहको शुभारम्भ
previous post